• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

पर्यटक आगमनमा १० लाखको लक्ष्य पूरा

  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित

सन् २०२३ को पर्यटन आगमनको सरकारी लक्ष्य पुरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । डिसेम्बर अन्तिम साता आइपुग्दा १० लाख पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पुरा गरेको हो ।

पर्यटन बोर्डका अनुसार डिसेम्बर २७, २०२३ बिहानसम्म ९ लाख ९९ हजार १०९ जना विदेशी पर्यटक नेपाल भित्रिसकेका थिए । जसमा बुधबार बेलुका ४ बजेसम्म थप ३ हजार बढी पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको छ । बुधबार मात्र नेपालीसहित कूल ६ हजार २०२ जना त्रिभुवन विमानस्थल अध्यागमन हुँदै नेपाल भित्रिएका छन् ।

१० लाखको लक्ष्य पुरा हुँदै गर्दा पर्यटन क्षेत्रको सुधारमा सरकार सफलता भएको मान्न सकिए पनि समयमा नै पर्यटन गतिविधि प्रचारप्रसार तथा आवश्यक तयारी नहुँदा अझ बढी पर्यटक भित्र्याउन नसकिएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।

आर्थिक समृद्धिको आधार बन्दै नेपालका पर्यटकीय क्षेत्र

भनेजस्तो भएको भए यो वर्ष नै प्रि–कोभिड (कोभिड–१९ महामारी पूर्व ) कै अवस्थामा पर्यटन क्षेत्र फर्किसक्थ्यो । हामीले समयमा नै विश्व बजारमा प्रचारप्रसार गर्न सकेनौँ । अनलाइन मार्केटिङको भरमा यत्रो पर्यटक भित्रिएका हुन्’ लामिछानेले भने, ‘अझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरू फूल अप्रेसनमा लैजान सकिएको भए सहजै पर्यटन आगमनको सन् २०१९ लाई भेट्नेमा कुनै शङ्का थिएन,’ लामिछानेले रातोपाटीसँग भने ।

‘कोभिड–१९ पूर्व सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । २०१९ को तुलनामा यस वर्ष ८३.५३ प्रतिशतको रिकभरी हो । तथापि, यदि समयमा नै राम्रो मार्केटिङ गर्न सकिएको भए लक्ष्यमा थप ३ प्रतिशत पर्यटक आगमन थपिने पक्का थियो,’ लामिछानेले भने ।

जनवरीमा भित्रिए ५५ हजार पर्यटक – Online Khabar

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूले दोस्रो पटक मुलुकको नेतृत्व सम्हालेको एक वर्ष पुरा भएको अवसरमा देशका नाममा सम्बोधन गर्दै पर्यटन भित्र्याउने सवालमा सरकारले सफल भएको उद्घोष गरेका थिए । पर्यटन क्षेत्रको लय करिब कोभिड–१९ पूर्व (सन् २०१९) कै अवस्थामा फर्किसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो वर्ष पर्यटकको सङ्ख्या लगभग रेकर्डकै रूपमा बढेको दाबी गरेका थिए ।

सन् २०२३–२०३३ भ्रमण दशक घोषणा : ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य

अघिल्ला तीन पटकको भ्रमण वर्ष घोषणाबाट असफल भएको सरकारले सन् २०२३ देखि सन् २०३३ लाई भ्रमण दशककै रूपमा मनाउने घोषणा गरेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेकोमा जम्मा २ लाख मात्र पर्यटक भित्रिएका थिए । भलै, कोभिड–१९ को असर देखाएर सरकार उम्किन पाएको थियो ।

तर, यो पटक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण दशक घोषणा गरेको सरकारले सुरुवाती वर्षमा नै सफलता प्राप्त गरेको छ । सन् २०२३ मा १० लाख पर्यटक भित्र्याएको सरकारलाई आफ्नो लक्ष्य भेट्न अब २५ लाखको मात्र आवश्यक छ । तथापि, कोभिड–१९ अघिकै लय वार्षिक १२ लाख बढी पर्यटक भित्र्याउने तयारीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड लगायत पर्यटन सम्बद्ध निजी क्षेत्रहरू रहेका छन् ।

बुधबार, पुष ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.