जिल्ला प्रहरी कार्यलय उदयपुरले ६ केजी लागू औषध गाँजा र नगद सहित २ जना पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालीका वडा नं ८ को प्रहरी चेकपोष्टमा आज चेकजाँच गर्ने क्रममा प्रहरीले लागू औषध गाँजा र नगद पाचलाख विस हजार पाचसय सहित २ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालीका वडा नं ३ बस्ने २१ वर्षिय पदम बहादुर तामाङ र सोहि स्थानका २८ वर्षिय बम बहादुर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । पक्राउ परेको उनिहरुलाई प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


