नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छोड्ने अडान लिएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलवार बसेको बैठकमा बोल्दै प्राधिकरणका निर्देशक घिसिङले यस्तो अडान राखेका हुन्। घिसिङले टीओडी हेरेरै कति समय विद्युत् उपयोग गरेको थाहा नहुने बताएका छन्। घिसिङले उद्योगीहरू विद्युत् महसुलको विषयलाई लिएर अदालत पुगे पनि करिव ४५ वटा मुद्दा विद्युत् प्राधिकरणको पक्षमा फैसला आएको बताएका छन्। उनले अदालतले ट्रंक र डेडिकेटेड लाइनको विद्युत् महसुल लागू गर्न सकिने भनेर बोलेको दाबी गरेका छन्।
घिसिङले उद्योगीहरू विद्युत् महसुल नियमन गर्ने निकायमा नगएर सिधै अदालत गएको अवस्थाले स्पष्ट बनाएको बताए। उनले ट्रंक र डेडिकेटेड लाइनको विद्युत् महसुल बिलको विषयमा अदालत स्पष्ट बोलेको भन्दै विद्युत् महसुल उठाउने विषयमा प्राधिकरण पछाडि नहट्ने बताएका छन्। उनले ट्रंक र डेडिकेटेड लाइनको विद्युत् प्रयोग गरेको देखिएको हुनाले महसुल लगाएको बताएका छन्।
निर्देशक घिसिङले प्राधिकरणले विद्युत युनिट जेनेरेट गर्न नसक्ने भन्दै प्राधिकरणको एमपावर भन्ने सफ्टवेयरमा हरेक युनिट रेकर्डमा रहेको बताएका छन्।
निर्देशक घिसिङले प्राधिकरणले उद्योगीहरूले प्रयोग गरेको तथ्याकको आधारमा बिल काट्दा पुनवरावलोकन समितिमा आउनुपर्नेमा बाहिर बाहिर हल्ला गरेर हिँडेको बताएका छन्। घिसिङले उद्योगीहरूले बाहिर बाहिर प्रमाण माग्दैमा आफूले दिन नसक्ने दावी गरेका छन्। उनले उद्योगीहरू नियम विधि प्रक्रियाभन्दा बाहिर गएर मागेको प्रमाण दिन नसक्ने बताएकाछन्।


