• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

२४ घण्टामा सडक दुर्घटनाबाट २२ जनाको मृत्यु, सडक सुरक्षाबारे प्रश्न

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

बढ्दो दुर्घटनाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । २४ घण्टाको बिचमा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएपछि सडक सुरक्षाबारे प्रश्न उठेको हो ।

नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले दैनिकरुपमा सडक दुर्घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे । ‘नेपालमा प्रत्येक दिन ७ देखि ८ जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ । प्रत्येक दिन ४० जना घाइते हुने गरेका छन्’, उनले भने, ‘तर, भालुवाङ घटनामा एक निमेष मै १२ जनाले ज्यान गुमाउनु परेको छ । २२ जनाभन्दा बढी घाइते भएका छन् ।’

नेपालमा प्रत्येक वर्ष २ हजार ८८० जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ भने प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति सडक दुर्घटनामा परेर घाइते हुने गरेको तथ्याङ्क रहेको छ । यस्तो भयावह तथ्याङ्कका बिच अब सरोकारवालाको चेत खुल्न जरुरी भएको भन्दै उनले सडक सुरक्षाका लागि पहलकदमी लिनमा ढिलाइ गर्न नहुनेमा राईले जोड दिएका छन्।

राईक अनुसार, सडक सुरक्षा सचेतना अभियान चलाउनुपर्ने देखिन्छ । साथसाथै चालक ९सार्वजनिक, निजी, दुई पाङ्ग्रे र अन्य० लाई नियमित सडक सुरक्षा बारे अनुशिक्षण प्रणालीको विकास गर्नुपर्ने देखिन्छ । यसै गरी सडक दुर्घटना न्यूनीकरण अभियानलाई मास लेबलसम्म निरन्तर सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । यस्तै सडक सुरक्षा अभियानलाई समुदायस्तरमा लैजानुका साथै शैक्षिक संस्थामा पाठ्यक्रम विकास गरिनुपर्नेमा उनको जोड छ । यस्तै सडक पूर्वाधारको मापदण्ड चेकजाँच, निरीक्षण र अनुगमन गर्नुपर्नेमा पनि उनको जोड छ ।

शुक्रबार राति दाङको भालुवाङमा भएको यात्रुवाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको १२ जनाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार मृतकका शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ भने केहीलाई आफन्तको जिम्मा लगाइसकिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत लगायत छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । उनले प्राविधिक खराबी आउँदा दुर्घटना भएको प्रहरीलाई बयान दिएका छन् । उनका अनुसार गाडीको चक्का नघुमेको र एक्कासि पुलको रेलिङ क्रस गरेर नदीमा बस खसेको थियो ।

तर, दुर्घटनास्थल नजिकै प्रहरी चेकिङ भएपनि चालकले नरोकी तीव्र गतिमा बस हुँइक्याएको पाइएको छ । उनले भाग्ने क्रममा सन्तुलन गुमाए कि साँँच्चै नै प्राविधिक समस्याकै कारणले त्यहाँ रोकेनन् भन्नेबारे प्राविधिक जाँचपछि खुल्ने प्रहरीको भनाइ छ । दुर्घटनाका बाँँच्न सफल भएकाहरुका अनुसार दुर्घटनाअघि नै बसले सन्तुलन गुमाएको थियो । बसले सन्तुलन गुमाउन थालेपछि एक यात्रु ढोकाबाट हामफालेर बाँच्न सफल भएका थिए ।

यसैगरी चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरामा शनिबार दिउँसो भएको सवारी साधन दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको पनि उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको ढुंगेलले बताए ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए । दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।

यता बागलुङको ढोरपाटन नगरपालिका(५ ट्याङखोलामा बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध।१ ज १९ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका(४ खुङगा बस्ने २७ वर्षीय तिलक घर्ती मगर र जिपमा सवार काठमाडौँ चन्द्रागिरि नगरपालिका(१० सतुङ्गल बस्ने २८ वर्षीया सङ्गीता अधिकारी गैरेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भइरहेको छ ।

त्यस्तै काठमाडौँकै नागार्जुन नगरपालिका(४ बाफस्थित सोल्टी दोबाटो नजिक बा।९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौँ कोटेश्वर बस्ने ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता झापाको झापा गाउँपालिका(५ स्थित सडकमा बा।४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी दोलखाको जिरी नगरपालिका(४ सिउरेनीमा लु।३ त ६८८२ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका(४ मोक्पा बस्ने २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.