• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

सत्तरी हजार सवारी लाइसेन्स नक्कली भएको आशङ्का

  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स ) सम्बन्धमा यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेस गरेको छ ।

आन्तरिक छानबिन समितिले तयार गरेको प्रतिवेदन सम्बन्धित ठाउँहरूमा बुझाइएको महानिर्देशक उद्धवप्रसाद रिजालले बताउनुभयो । विभागबाट विभिन्न समयमा वितरण भएका करिब ७० हजार लाइसेन्स नक्कली भएको आशङ्का गरिएपछि विभागले आन्तरिक छानबिन समिति बनाएर यसको अध्ययन गरेको थियो ।

विभागका आइटी शाखा प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा गठित समितिमा इन्जिनियर बोधराज बराल, शाखा अधिकृत अर्जुन अधिकारी, आइटी कन्सल्टेन्ट सबिन श्रेष्ठ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहाल सदस्य रहनुभएको थियो । छानबिन समितिले एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको भेटिएको जनाएको छ ।

छानबिनका क्रममा एक लाखभन्दा बढी लाइसेन्स डाटा तोडमोड गरेर परीक्षा र ट्रायलविनै जारी भएको भेटिएको छ । जसमध्ये ७३ हजार लाइसेन्स जारी भइसकेका छन् । २९ हजार लाइसेन्स बायोमेट्रिक लिने प्रक्रियामा छन् । यी लाइसेन्स जतिखेर पनि जारी हुनसक्ने अवस्थामा छन् । उक्त समितिले पेस गरेको प्रतिवेदनमा २०७२ साल देखि २०८० सम्म वितरण भएका करिब ५० लाख लाइसेन्सको छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

समितिका संयोजक रेग्मीले भन्नुभयो, “२०७२ सालदेखि २०८० सालसम्मका ५० लाख लाइसेन्स छानबिन गर्नुपर्ने देखिएको छ । २०७२ सालदेखि नै लाइसेन्स वितरणमा घोटाला भएको पाइएको छ ।”उहाँका अनुसार विभागबाट छपाइ भइसकेको ३० हजार लाइसेन्स र थप शङ्कास्पद झण्डै ७० हजार लाइसेन्सको विवरण समावेश पनि गरेर प्रतिवेदन बुझाइएको छ । छानबिन समितिका संयोजक रेग्मीका अनुसार डाटा इन्ट्री प्रणाली ज्यादै कमजोर भएकाले नक्कली लाइसेन्स वितरण भएको स्विकार्नुहुन्छ ।

उहाँले भन्नुभयो, “छानबिनका क्रममा लाइसेन्सको डाटा इन्ट्री गर्ने प्रणालीमा नै समस्या देखिएको छ । त्यसैले यसलाई तत्काल रिप्लेस गर्न प्रतिवेदनमा सुझाव दिएका छौँ । यो सिस्टममा  एक्युल इन्जेक्सन गरेर कर्मचारी जो पनि प्रवेश गरेर दुरुपयोग गरेको भेटिएको छ ।” जतिसक्दो छिटो यो सिस्टमलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालले प्राप्त प्रतिवेदनलाई मन्त्रालयमा पेस गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँका अनुसार प्रतिवेदनलाई बिहीबारसम्म मन्त्रालयमा पेस गर्ने तयारी छ । समितिले १० रिम अर्थात् पाँच हजार पेजको प्रतिवेदन रिजालसमक्ष बुझाएको थियो ।

मन्त्रालयले पनि छानबिन गर्दै 

नक्कली लाइसेन्स वितरणको विषयमा यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि छुट्टै टोली बनाएर छानबिन गरिरहेको छ । लाइसेन्सबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई यस विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको थियो ।

अख्तियारकै पत्राचारका आधारमा मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको थियो । मन्त्रालयले पुसको दोस्रो साता सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठको संयोजकत्वमा शाखा अधिकृत कमल पन्थी र कम्प्युटर इन्जिनियर दिनेश अधिकारी सम्मिलित समिति गठन गरेको छ । समितिले एक–दुई दिनमै प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी गरेको छ । मन्त्रालयले उक्त प्रतिवेदन अख्तियारमा पठाउनेछ ।

छपाइका लागि छ लाख कार्ड आउँदै 

समयमै लाइसेन्स नछापिएको गुनासो बढेपछि यातायात व्यवस्था विभागले लाइसेन्स छाप्नका लागि छ लाख कार्ड ल्याउँदै छ । जर्मनीबाट उक्त कार्ड ल्याइने महानिर्देशक रिजाल बताउनुहुन्छ । नेपाल ल्याएर यसको ल्याब टेस्ट गरा पछि माघको पहिलो साताबाट नै लाइसेन्स छपाइ प्रक्रिया सुरु हुने उहाँको भनाइ छ ।

आइतबार, पुष २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • २.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ३.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • ६.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ७.
    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • ८.
    मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.