२२ चैत, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह उदघाटन गर्नुभएको छ ।चोभारमा एक कार्यक्रमबीच प्रधानमन्त्रीले बन्दरगाह उदघाटन गर्नुभएको हो ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो ।विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो ।
बन्दरगाह उदघाटन गर्दै प्रधानमन्त्री देउवाले वैदेशिक व्यापारलाई प्रतिस्पर्धी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमाका रहेका भन्सार कार्यालयलाई स्तरोन्नती गर्ने कार्यलाई तीब्रता दिएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया


