• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

आयो लाइसेन्स छाप्ने कार्ड

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न छ लाखप्रति कार्ड ल्याइएको छ ।

कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेपछि यातायात व्यवस्था विभागले पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम सुरु गर्ने भएको छ ।

छपाइ कार्ड सकिएर सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ सुरु हुने जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “छ लाखप्रति कार्ड आएको छ । ल्याब टेस्टपछि छाप्ने काम सुरु हुन्छ । एक हप्तामा ल्याब टेस्ट हुन्छ ।”

विभागका अनुसार हाल करिब १४ लाखप्रति लाइसेन्स छाप्न बाँकी छ । जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइएको हो । अबको ८५ दिनपछि थप छ लाख कार्ड आउने रिजालले जानकारी दिनुभयो । नवीकरण, हराएको र नयाँ लाइसेन्स गरी हाल दैनिक चार हजारप्रति लाइसेन्सको माग छ ।

दुई चरणमा आउने १२ लाखप्रति कार्डभन्दा छाप्न बाँकी लाइसेन्सको सङ्ख्या बढी छ तर महानिर्देशक रिजालले भन्नुभयो, “कार्ड आएपछि दैनिक पाँच हजार छाप्न सकियो भने महिनामा एक लाख ५० हजार छापिन्छ । १२ लाख छाप्न एक वर्ष लाग्न सक्छ । त्यसबिचमा टेन्डरबाट थप कार्ड आउँछ, अब कार्ड नभएर समस्या हुँदैन ।”

१५ लाखप्रति कार्ड र एउटा स्मार्ट छपाइ मेसिनका लागि विभागले नयाँ टेन्डर खुला गरेको छ । आगामी साउनदेखि नियमित छपाइमा लैजाने गरी काम अघि बढेको रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो टेन्डर फ्रान्सले पायो र मेसिन खरिदको टेन्डर भारतको मद्रास सेक्युरिटी प्रेसले पायो । पछि टेन्डरमार्फत जर्मनीले कार्ड ल्याउँदा मद्रास सेक्युरिटी प्रेसले जर्मनीको कार्ड मेसिनले चिन्दैन भनेर एक वर्ष अलमल्यायो, बुझ्दै जाँदा छाप्न मिल्ने रहेछ, यस्ता प्राविधिक कुराले पनि ढिलाइ हुन्छ, टेन्डर खुलाउँदा नै ढिला भएको थियो ।”

तर नयाँ टेन्डरमा कार्ड र मेसिन एउटै कम्पनीबाट ल्याइने भएकाले विगतको समस्या झेल्नु नपर्ने रिजालले बताउनुभयो । छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । जसका लागि अनलाइन फारम भर्दा वा नवीकरण गर्दा आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पुगे/नपुगेको जानकारी विभागको वेबसाइटबाट पनि लिन सकिन्छ ।

२०७२ सालमा स्मार्ट लाइसेन्स लागु भएपछि छपाइको काम बाँकी रहँदै आएको छ । परीक्षा पास गरेपछि दुई वर्षसम्म लाइसेन्स कार्ड कुर्नुपर्ने बाध्यता छ । विभागले श्रम र अध्ययनमा विदेश जाने, शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारी चालकलाई भने निवेदन दिएको दुई/तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको छ ।

आइतबार, माघ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.