२३ चैत, काठमाडौं । काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो।
तपाईको प्रतिक्रिया


