काठमाडौँको स्वयम्भू स्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । हत्याको घटना ३ महिनापछि सार्ववनिक भएको छ । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी कार्यलय काठमाडौँले जनाएको छ ।
माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ कि स्थानीय रहेको प्रहरीले जनाएको छ ।
सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ४३ वर्षीय अन्सारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
तपाईको प्रतिक्रिया


