२३ चैत्र ,चितवन – सुकुम्बासीलाई जग्गा वितरणको लागि पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पलाल दाहाल प्रचण्ड चितवन आएका छन् ।
भरतपुर २ का भुमिहिन सुकुम्बासी लाई जग्गा गर्न प्रचण्ड र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ भरतपुर आएका हुन् । स्थानीय तहको निर्वाचन तोकिए संगै पछिल्लो समय प्रचण्डको गृह जिल्ला चितवनमा आगमन बढेको छ ।
प्रचण्डले दिउँसो माओवादी पार्टी कार्यलयमा कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रम पनि गर्ने छन् । गठबन्धन दल विच भरतपुरको मेयर कसलाई दिने भन्ने टुंगो लागेको उनले बताए । यद्यपि कसले नेतृत्व गर्छ भन्ने बारे उनले सार्वजनिक गरेनन् ।
तपाईको प्रतिक्रिया


