२३ चैत्र, भरतपुर – ७० वर्षकी गंगादेवी विश्वकर्मालाई लालपुर्जा नदेखि मर्छु की भन्ने लागेको थियो । तर बुधवार हातमा परेको लालपुर्जा देखाउँदै उनले भनिन् (राम्रै भाग्य लिएर आएको रहेछु लालपुर्जा पाए, खुशीको आँसु पुस्दै उनले भनिन् । उनी २०४७ साल देखि यो वस्तीमा वस्दै आएकी हुन् । उनी जस्तै यस ठाउँका ४६ जना दलित परिवार हर्षित भएका छन् भने अन्य सुकुम्बासी परिवारमा पनि लालपुर्जा पाईने आश बढेको छ ।
भरतपुर महानगरपालिकाद्धारा आयोजित भुमिहिन दलितहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा पूर्व प्रधानमन्त्रि एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले संयुक्त रुपमा भूमिहिन दलित परिवारका ४६ परिवारलाई लालपुर्जा वितरण गरेपछि यहाँका दलित परिवारमा कुन बेला बास उठाने हो भन्ने त्रास सधैको लागि हटेको छ ।

नेकपा (माओवादी) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) ले लालपुर्जा वितरण गर्दै जन आन्दोलन र जनयुद्धको क्रममा देखेको सपना अगाडी बढेका बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ लालपुर्जा वितरण निर्वाचनको अभियान नभई संविधानको अधिकार दिन देश व्यापी चलेको महाअभियान भएको बताईन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लालपुर्जा विहिनहरु यो संगै भरतपुरमा पुर्जा वितरणको सुरुवात भएको बताईन् । अहिले निरन्तर विभिन्न वडामा नापजाँचको काम चलेको छ भने निस्सा वितरण प्राय ठाउँमा भैई सकेको छ ।



