नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरि व्यावसायिक सुधार गर्न लागिएको छ ।
प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बताउनु भयो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा भएको अन्तरक्रिया सहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडादर महँगो नहुने गरि समायोजन लगायतका सुधारका गर्न लागेको बताउनु भयो ।
उहाँले “राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक कार्य भइरहेको छ, नेपाली मन भएका सबैले राष्ट्रिय ध्वजाबहाक जहाजलाई माया गरिदिन र सरकारले पनि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो।”
अन्तराष्ट्रिय रुपमा १० वटा स्टेशनबाट नेपाल एयरलाइन्सले सेवा दिइरहेको छ ।
एनआरएनए जापानका अध्यक्ष नविन निउरेले प्रत्यक्ष रुपमा नेपालीहरुसँग जोडिएका विषय मध्य मृतक नेपालीको शवलाई निःशुल्क नेपाल लैजाने, अस्तुलाई नेपाल पुर्याउने, कार्गोंलाई सस्तों र सुलभ गराउने लगायतका सेवाको सुधार तत्काल गर्न माग गर्दै उनले निगमले प्राप्त सुझावहरुलाई आत्मसात गरी सुधार गरेर लैजाने विश्वास व्यक्त गर्नु भयो ।


