• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भरतपुर महानगर र चितवन प्रहरीले तयार पार्यो शान्ति सुरक्षा सम्बन्धी विद्यालयस्तरको पाठ्यसामाग्री

"आजदेखी महानगरका विद्यालयमा लागु "
  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

चितवन,२३ चैत्र । शान्ति सुरक्षा सम्वन्धि विद्यालयस्तरको पाठ्यसामाग्री भरतपुर महानगरका सामुादायीक र संस्थागत विद्यालयमा लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामाग्री निर्माण गरेको हो ।पाठयसामाग्रीका बिषयमा १ दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसंगै सो पाठयसामाग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागु भएको छ ।

समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल र सामुदायीक तथा संस्थागत बिद्यालयका प्र।अ हरुले हस्ताक्षर गरेका छन् । त्यस्तै रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङं र भरतपुुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।

सामाजमा हुने सबै प्रकारका अपराधहरु न्युनिकरण गरी शु सभ्य समाज निर्माणका लागि बिद्यार्थीलाई सचेतना दिने गरी १७ बिषयसुची समाबेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निमार्णका लागी धेरै ठुलो योगदान दिने अधिकारी बताउँछन् । पछिल्ला समय शिक्षकबाट बिद्यार्थी माथी हुने यौनजन्य दुरब्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठयसामाग्री तयार गर्नु परेको अधिकारीले बताए ।

पुस्तकमा लागुऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका बिरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधी, करणी सम्वन्धि कसुर, ट्राफिक सचेतना, विपद जोखिम र न्युनिकरणका उपाए, आत्महत्याका संकेत र बचाउने उपाए, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली,प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाए, असल मानिसका कर्तब्य र जिम्मेवारी,प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्म रक्षा र बच्ने उपाए समावेश गरिएका छन् ।

मेयर रेनु दाहालले धेरै महत्वका साथ प्रहरी प्रमुखले मेहनत गरेर पाठ्यक्रम तयार पारेको बताईन । ज्ञान चेतना सहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ÷९७ संस्थागत बिद्यालय मा यो पाठयक्रम लागु भएको उनले बताईन् । आफुहरु आएपनि महानगरका सामुदायीक बिधालयको शिक्षाको विकासमा धेरै सुधार गरेर सामुदायिक र संस्था गत बिद्यालयमा प्रतिस्पर्धा सुरु हुन थालेको दाबी गरिन् ।

सामुदायिक बिधालयमा ७ हजार नया बिद्यार्थी बढेको उनको तर्क छ । संस्थागत बिद्यालयको हितमा पनि आफुहरुले काम गरेको बताउँदै दाहालले यो पुस्तकले आगामी दिनमा नैतिकवान र गुणवान् बिद्यार्थी उत्पादनमा धेरै ठुलो भुमिका खेल्ने र बिद्यालय उमेरका बिद्यार्थीलाई सामाजिक सचेतना दिन प्रमुख आधार हुने बताईन् । महानगरले हरेक बिद्यालयमा लैगिक सम्पर्क शिक्षक भनेर पनि बिद्यालयमा नियुिक्त दिने गरी लागेको बताईन् । बिद्यालय नर्स कार्यक्रम पनि सुरु गरेको उनको भनाई थियो । महनगरले महानगरको कुल १५ प्रतिशत बजेट शिक्षाका क्षेत्रमा लगानी गरी नमुना काम गरेको दाहालले बताइन् । प्रअ व्यवस्थापन, शिक्षक दरबन्दी मिलान , भौतिक पुर्वाधार विस्तार , छात्रवृत्ति कार्यक्रम, स्कुल बस हस्तान्तरण, साईकल वितरण, प्राबिधिक शिक्षालय स्थापना , प्रहरी स्कुल स्थापना , महानगरिय छात्रवृत्ति कार्यक्रम लागू लगाएत अरु धेरै काम गरेको उनको भनाई थियो ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताईन । नैतिकवान र चरित्रवान नागरिक निर्माण गर्न धेरै सहयोग मिल्ने उनको तर्क छ । यसलाई सबैले गम्भीरता पुर्वक मनन गरेर स्कुले बालबालिका लागि सहि बाटोमा अगाडि बढाउनु पर्ने उनको भनाई थियो । साथै उनले धेरै चुनौतिका बिच पनि आफुहरुले महानगरमा धेरै काम गरेर देखाएको बताईन् । महिलाले गर्न सक्ने रहेछन् भनेर आफुहरुले प्रमाणित गरेर देखाएको पनी बताईन् ।कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको थियो ।

भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत राम बन्दु सुवेदीले सबै प्रकारका सामाजिक अपराधबाट महानगरलाई मुक्त गर्ने अभियानको थालनी गरेको बताए । यो समाज सुरक्षाको महत्त्वपुर्ण पाटो भएको बताउँदै उनले समाजले नया युवा लाई आसा र भरोसा दिन नसकेकोले युवा ले गलत बाटो रोजेकोले सहि ट्रयाकमा ल्याउन यो पुस्तकले धेरै राम्रो भुमिका खेल्ने दाबी गरे । महानगरबाट सबै स्थानिय तहलाई यो नया सन्देश भएको बताए ।

कार्यक्रममा प्याब्सन चितवन अध्यक्षले अपराधजन्य घटना न्युनिकरणाका लागि स्कुलनै सबै भन्दा महत्वपुर्ण संस्था भएको बताउँदै यो पाठ्क्रमले बिद्यार्थीलाई चरित्रवान बनाउँन धेरै सहयोग हुने जानकारी दिए ।

सामुदायीक बिद्यालयका तर्फबाट भिमनगर स्कुलका प्र अ कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतिकरण सुनेपछि बिद्यालयमा धेरै काम गर्न बाकी रहेछ भन्ने अनुभूति भएको बताए । बालबालिका लाई सहि बाटोमा ल्याउन यो पुस्तकले धेरै महत्त्वपूर्ण काम गर्ने बताउँदै उनले सामाजिक सन्जाल र मोवाईलले बिद्यार्थी गलत बाटोमा लागेको बताए । बिद्यार्थीले पढाईमा धेरै ध्यान दिन नसकेको अनुभूति हुन थालेको उनको भनाई थियो । यो पुस्तकले अपराध गर्ने प्रबृति र मनोबिज्ञान घट्ने र बिद्यार्थीलाई सहि बाटोमा हिडाउन अपराध न्युनिकरण सम्बन्धि सचेतना सामाग्रिको होडिङ बोर्ड लगाउनु पर्ने समेत बताए ।

त्यस्तै सप्तगण्डकी बहुमुखि क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम बिश्वबिद्यालय लेवलका बिद्यार्थीका लागी पनी आवस्यक रहेकाले त्यस्ता बिद्यार्थीका लागी पनी हुने तरी तयार गर्न आग्रह गरे ।

यस्तो पाठ्यक्रम बिद्यालय कलेजमा लागू गरेपछि बिद्यार्थी को मनोभावनामा धेरै सकारात्मक फाईदा हुने उनको तर्क छ । बिद्युतिय उपकरणले बालबालिकामा एक्लो पन विकास भएको घर परिबार दाजु भाइ आमा बुवा कसैको पनि मतलव नगर्ने गरेको देखिएकोले समस्या बढ्दै गएको उनको तर्क थियो । ६९२ जनालाई ३ हजारका दरले छात्रवृत्ति दिएको हो ।

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.