• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

ज्ञानु र प्रकाश दाहालको स्मृतिमा भरतपुरमा साइक्लिङ म्याराथन, भरतपुरलाई साइकल सिटि बनाउने लक्ष्य

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

भरतपुर ,चैत्र २५ । भरतपुर महानगरपालिकालाई साइकल सिटिको रुपमा विकास गर्ने उदेश्यले साइक्लिङ म्याराथन हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठान र बागमति प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा ‘प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन – २०७८’ भोलि २६ चैत्रमा संचालन हुन लागेको हो ।

नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको विभिन्न भित्रि सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने छ । जसको दूरी ६५ किलोमिटर रहेको र प्रतियोगिले २ घण्टामा उक्त दुरी पुरा गर्ने प्रतियोगिताका संयोजक सन्त कुमार दरैले बताए ।
चितवन भौगोलिक हिसाबले साइकलको लागि उपयुक्त जिल्ला भएको बताउँदै प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खेल पर्यटन विकासको लागि पनि यो प्रतियोगिता महात्वपुर्ण हुने बताईन् । साईकल सिटीको रुपमा भरतपुरलाई विकास गर्ने गरी नगरभित्रको विकासको क्रममा साईकललेन लाई प्राथमिकता दिएको समेत उनलाई बताईन् ।

प्रज्ञा स्मृति प्रतिष्ठान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरी ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना गरिएको संस्था हो । ज्ञानु दाहालको क्यान्सरको कारण २०७० सालमा मृत्यु भएको थियो । भने प्रकाश दाहालको २०७४ सालमा अल्पायुमा निधन भएको थियो । शोकलाई शक्तिमा बदल्दै सेवा भावले अघि बढ्ने उद्धेश्यले यो संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष रेनु दाहालले बताईन् । कमजोर वर्ग, असहाय व्यक्ति र पिछडिएको समुदायलाई सक्षम बनाउन र तिनिहरुको प्रतिष्ठा बढाउने गरी खेलकुद, स्वास्थ्य र शिक्षमाकाम गर्ने उद्धेश्यले संस्था स्थापना गरिएको उनले बताईन् ।

पाँच विधामा पुरस्कार
म्याराथनमा पाँच विधामा प्रतिस्पर्धा हुनेछ । इलिट मेन १९ प्लस , इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ग्रन्ड ५० प्लस र चितवन विशेष अन्तर्गत चितवन जिल्लाका मात्र महिला÷पुरुषको सहभागिता रहने छ । प्रतियोगिताका विजेता खेलाडीले मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार पाउने छन् । जस अन्तर्गत इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार छ । मास्टर मेन ग्रन्ड ५० प्लस तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ। चितवन विशेस अन्तर्गत महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोलाई १० हजार प्रदान गरिने छ । प्रतियोगिता उद्धघाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने छन् ।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.