चैत्र २५ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद्मा हेरफेर भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नको लागि नेपाली काँग्रेसले सुदूरपश्चिम सरकारमा आफ्नो भाग खोजेको थियो ।
सोही अनुसार प्रदेशमा मन्त्रिपरिषद् हेरफेर भएको हो । नयाँ मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावल, सामाजिक विकास मन्त्रीमा गोविन्द बोहरा र राज्यमन्त्रीमा टेकबहादुर रैका नियुक्त भएका छन् । यस्तै आर्थिक मामिला मन्त्री प्रकाश रावल र राज्यमन्त्री अम्मरबहादुर साउद तथा भौतिक राज्यमन्त्रीमा कुलबिर चौधरी नियुक्त भएका छन् ।
यसअघि एकीकृत समाजवादीका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी बाहेक अन्य मन्त्रीहरूले सामुहिक राजीनामा दिएका थिए ।


