• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

८ महिनामा हराए ४ हजार बालबालिका

  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा चार हजारभन्दा बढी बालबालिका हराएका छन् । यसरी हराउने बालबालिकामा मधेश प्रदेशबाट सबैभन्दा धेरै रहेका छन् ।

बालबालिका खोजतलास समन्वय केन्द्रका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले सबैभन्दा बढी १० देखि १३ वर्षका बालक र १३ देखि १८ वर्षका बालिका हराउने गरेको जानकारी दिनुभयो । उहाँले चालु आव २०८०/८१ को फागुन मसान्तसम्म कुल चार हजार १४१ जना बालबालिका हराएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो आठ महिनामा हराएका चार हजार १४२ जनामध्ये तीन हजार ५३५ जना फेला परेका छन् भने ६०७ जना बालबालिकाको खोजतलास जारी रहेको समन्वय केन्द्रले जनाएको छ ।

“मधेश प्रदेश सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश हो । त्यसैमा खुला सिमाना भएकाले धेरैजसो बालबालिका भारत छिर्ने र उतै हराउने गर्छन् । बालबालिका घर छाड्नुको मुख्य कारण पारिवारिक विखण्डन नै हो । परिवारमा बाबुआमा जाँडरक्सी खाने, झैझगडा गर्दा बालबालिकाले घर छाड्छन्,” बाल संरक्षण अधिकृत अधिकारीले भन्नुभयो । उहाँले परिवारका श्रीमान् वा श्रीमतीले दोस्रो विवाह गर्दासमेत घरमा बस्ने वातावरण नहुँदा बालबालिकाले घर छाड्ने गरेको बताउनुभयो ।

वैदेशिक रोजगारीले विप्रेषण आयमा वृद्धि हुँदा परिवारको आर्थिक अवस्था राम्रो भए पनि नकारात्मक असर पनि देखिने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “तर अर्कोतिर यसको नकारात्मक पाटो परिवार र समाजमा देखिने नदेखिने धेरै खालका असर छन् । वैदेशिक रोजगारीमा भएका परिवार छोराछोरी सहरमा पढाउन ल्याउँदा धेरै बालबालिका हराउने गरेका छन् ।”

सबैभन्दा बढी मधेशबाट 

सरकारी तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा मधेश प्रदेशबाट १४२ बालक र ७४२ बालिका गरी कुल ८८४ जना हराएका छन् । कोशी प्रदेशबाट ५७० जना हराएकोमा ५१२ जना फेला परेका छन् भने ५८ जना अझै भेटिएका छैनन् । बागमती प्रदेशबाट कुल ६२९ जना हराएकोमा ६६४ फेला परेका छन् भने ६५ जना खोजीको सूचीमा छन् ।

यस्तै गण्डकी प्रदेशबाट ३०४ जनामध्ये २८१ फेला परिसकेका छन् भने २३ जना खोजीको सूचीमा छन् । लुम्बिनी प्रदेशबाट कुल ७७९ जना हराएकोमा ६६३ जना फेला परेका छन् भने जम्मा ११६ जना खोजतलासको सूचीमा छन् । कर्णाली प्रदेशबाट कुल २७० जना हराएकोमा २४३ जना फेला परेका छन् भने २७ जना खोजीको सूचीमा छन् । सुदूरपश्चिम प्रदेशबाट कुल ४०२ जना हराएकोमा ३६७ जना फेला परेका छन् भने ३५ जनाको खोजी कार्य जारी छ ।

सरकारी तथ्याङ्कमा हराउने बालबालिकाको सङ्ख्या धेरै देखिए पनि भेटिनेको सङ्ख्या पनि उत्तिकै देखिने गरेको छ । यसरी हराएर नभेटिएका बालबालिका घरेलु कामदार, होटल रेस्टुरेन्ट, गाडीमा सहचालकलगायत पेसामा लाग्ने गरेको अधिकृत अधिकारीले बताउनुभयो । “घर छाडेर गएका बालबालिका कतिपय घरेलु बालश्रममा लाग्छन् । बालिकाको हकमा कतिलाई यौन पेसामा लगाइन्छ । शिक्षित भनिएका व्यक्तिले बालश्रममा लगाउँछन् । यसरी जानाजान बालश्रम गराउनु दुःखद पक्ष हो,” उहाँले भन्नुभयो । कसैले बालश्रम गराएको उजुरी दिएमा तत्काल उद्धार गर्ने गरेको परिषद्ले जनाएको छ ।

विगत तीन वर्षको अवधिमा बालबालिका हराउने क्रम बढ्दो भए पनि खोजतलास गरेर फेला पर्नेको सङ्ख्या बढ्दो छ । अझै पनि कतिपय बालबालिका राज्य संयन्त्रले फेला पार्न नसक्दा बेपत्ताकै सूचीमा हुने गरेका छन् ।

मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.