चैत २७,चितवन – नेकपा एमालेले नेता विजय सुवेदीलाई एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।आइतबार पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बागमती प्रदेश सभाका सदस्य समेत रहेका सुवेदी बागमती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए।उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित संसद हुन् ।
देविप्रसाद ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए।यस अघि मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो।
सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए। उनी नेकपा एमाले चितवनको तीन पटक पार्टी अध्यक्ष भइसकेका छन् ।महानगर कमिटिको बैठकले उपमेयरको उम्मेदवार भने तोकेको छैन। एमालेले भरतपुर महानगरमा राप्रपालगायतका दलहरुसँग तालमेल गर्ने तयारी गरेको छ। त्यसैका लागि अहिले उपमेयरको उम्मेदवार नतोकिएको स्रोतले बतायो।


