• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

बाध्य पारिए इजराइल एक्लै भए पनि खडा हुनेछ : प्रधानमन्त्री नेतान्याहु

  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

इजराइल,बैशाख २९। गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजराइल हमासविरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजा सहर रफाहमा इजराइलले लामो समयदेखि गरेको आक्रमणका लागि अमेरिकाले आक्रामक हतियार उपलब्ध नगर्ने बताएपछि नेतान्याहुले यस्तो टिप्पणी गर्नुभएको हो ।

“एक मात्र यहुदी राज्य इजराइलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ जेरुसेलमबाट यहुदी नरसंहार स्मरण दिवसमा प्रतिज्ञा गर्दछु, यदि इजराइल एक्लै खडा हुन बाध्य भयो भने इजराइल एक्लै खडा हुनेछ”, नेतान्याहूले भन्नुभयो, “तर हामीलाई थाहा छ कि हामी एक्लो छैनौँ, संसारभरका सभ्य मानिसहरूले न्यायपूर्ण उद्देश्यलाई समर्थन गर्छन्, हामी हाम्रा नरसंहारक दुश्मनहरूलाई हराउने छौँ ।”

उहाँले ८० वर्षअघि यहुदीहरू रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र उनीहरूको सहायताका लागि नआएको बताउनुभयो । “आजभन्दा ८० वर्षअघि यहुदी नरसंहारमा हाम्रो विनाश खोज्नेहरूविरुद्ध यहुदी जनता पूर्णरूपमा रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र हाम्रो सहयोगमा आएनन्”, मुलुकको वार्षिक यहुदी नरसंहार स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आज हामी पुनः हाम्रो विनाशमा आएका दुश्मनहरूको सामना गरिरहेका छौँ, म विश्वका नेतालाई भन्छु कुनै पनि दबाब र कुनै पनि अन्तर्राष्ट्रिय मञ्चको कुनै पनि निर्णयले इजराइललाई आफ्नो रक्षा गर्न रोक्न सक्तैन ।”

नेतान्याहुले एक्लै खडा हुनुपरे एक्लै खडा हुने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भएमा आफ्नै बलबुताले लड्ने बतउनुभयो ।

योम हासोह त्यस्तो दिन हो जुन दिन इजराइलले नाजी जर्मनी र यसका सहयोगीहरूद्वारा यहुदी नरसंहारमा मारिएका ६० लाख यहुदीको स्मृतिका रूपमा मनाउँछ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा द्वन्द्वको बीजारोपण भएको थियो । हमासको आक्रमणमा करिब दुई हजार पाँच सय लडाकूले गाजा पट्टीबाट इजराइलको सीमा पार गरेर सर्वसाधारणको हत्या गरेका थिए भने केहीलाई बन्धकसमेत बनाएका थिए ।

त्यसयता नै इजराइलले गाजा आक्रमणलाई नागरिक हताहत कम गर्ने प्रयास गर्दै हमास समूहलाई उन्मूलन गर्ने लक्ष्यका साथ हमासको पूर्वाधारलाई लक्षित गरेको बताएको छ ।

मे ५ मा हमासले रफाह सीमा क्रसिङ क्षेत्रबाट र विस्थापित प्यालेस्टिनीहरूले तम्बुमा शरण लिइरहेका क्षेत्र नजिकैबाट रकेट प्रहार गरेको थियो । हमासको आक्रमणले केरेम शालोम सीमा क्रसिङलाई लक्षित गरी चार सैनिकको ज्यान लियो । सबै गाजा सीमा क्रसिङमध्ये केरेम शालोम सबैभन्दा धेरै मानवीय सहायता ट्रकहरू ह्यान्डल गर्न सुसज्जित भए पनि आक्रमण भएदेखि क्रसिङ बन्द गरिएको छ ।

सीमा पार गर्ने हमासको नियन्त्रणले यसलाई इजिप्टबाट मानवीय सहायता वितरण अपहरण गर्न अनुमति दिएको छ ।

पछिल्लो समय रफाह छिमेकका बासिन्दाहरूले खान युनुस र अल–मवासीको तटीय क्षेत्रमा विस्तारित मानवीय क्षेत्रहरूमा खाली गर्न निर्देशन दिइएका फोन, एसएमएस सन्देश, एयर–ड्रप फ्लायरहरू र मिडिया प्रसारणहरू प्राप्त गरेका छन् ।

गाजा–इजिप्ट सीमामा फिलाडेल्फी कोरिडोर भनेर चिनिने भूमिको शिविरमा रहेका विस्थापित प्यालेस्टिनीहरूलाई पनि खाली गर्न सन्देशहरू आएका थिए । सन् २००६ मा इजराइलले गाजाबाट अलग्गिएपछि हतियार तस्करी रोक्नका लागि यसलाई बफर जोनका रूपमा बनाएको थियो । तर सन् २००७ मा हमासले प्यालेस्टिनी अधीनस्थ क्षेत्रबाट हिंसात्मकरूपमा गाजाको नियन्त्रण खोस्यो ।

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.