• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

प्रत्येक वर्ष बालबालिकाको आँखा जँचाउन प्रतिष्ठानको आग्रह

  •   शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज २५
तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जँचाउन सुझाव दिएको छ ।प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठुलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने थियो ।

यस नाराले बालबालिकाको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न सहयोग पुग्ने प्रतिष्ठाले विश्वास लिएको छ ।

पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरूको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरूको आँखामा विभिन्न समस्याहरू बढिरहेकाले विश्व स्वास्थ्य संगठनले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसङ्ख्यामा दृष्टिदोषको समस्या देखिन सक्ने पूर्वानुमान गरेको प्रतिष्ठानको भनाइ छ । त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरूले सहकार्य गर्दे समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सुझाव छ ।

बच्चाहरूमा हुनसक्ने दृष्टि कमजोरीलाई बेलैमा उपचार नगर्दा उनीहरूको शिक्षामा गम्भीर असर पर्न भएकाले उपचार पहुँच र चस्मा प्रयोगले बालबालिकाहरूको अध्ययन क्षमतामा हुने जोखिम ४४ प्रतिशतले घटाउन सकिने प्रतिष्ठानले जनाएको छ । विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा दृष्टि समस्या रहेकामा त्यसमध्ये धेरै बालबालिका आँखा उपचार सेवाबाट वञ्चित रहेको जनाइएको छ ।

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेकामा करिब सात लाख बालबालिकामा उपचारको पहुँच नरहेको पनि प्रतिष्ठानले बताएको छ ।

 

शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.