• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

आइपीयूको महासभालाई राष्ट्रिय सभा अध्यक्ष दाहालको सम्बोधन

  •   मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित

जेनेभा । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विज्ञान, प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई सङ्कीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रुपमा हेरिनुपर्ने बताउनुभएको छ।

शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित अन्तर व्यवस्थापिका सङ्घको १४९औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर व्यवस्थापिका सङ्घको महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समाजको हितमा सदुपयोग गर्न तथा यसबाट सिर्जना हुन सक्ने गोपनीयता भङ्ग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रसार जस्ता जोखिम र चुनौतीहरूलाई सामना गर्न विश्वका संसदहरुले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।”

विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील बनाउन विविध अवसर प्रदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्वभरका व्यवस्थापिकाले प्रविधिमा नागरिकको पहुँच र प्रतिफल वितरणमा समता कायम हुने गरी कानून निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको औँल्याउनुभयो।

सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्र र देशहरूबिच ठूलो अन्तर रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अझै पनि साढे दुई अरब बढी मानिसहरू सूचना प्रविधिको पहुँचमा छैनन्। तसर्थ, विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ।”

अन्तर-व्यवस्थापिका सङ्घले आफ्नो कार्ययोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लाई समेट्नुका साथै विज्ञान(प्रविधि सम्बन्धी कार्य समूह गठन एवं यसको सदुपयोग सम्बन्धी आचारसंहिता निर्माणको प्रयास गर्नु प्रशंसनीय रहेको अध्यक्ष दाहालले बताउनुभयो।

विकसित र विकासशील देशहरूबिच विज्ञान प्रविधिको विकास बीचको खाडल पुर्न व्यवस्थापिकाहरूबिच नीति निर्माण, कार्यान्वयन, उत्कृष्ट अभ्यास र अनुभवहरूको आदानप्रदान गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताउनुभयो।

नेपालले “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता” भन्ने परराष्ट्र नीति अङ्गालेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफूहरू सदैव संयुक्त राष्ट्रसङ्घको बडापत्र, शान्तिका अग्रदूत गौतम बुद्धका पञ्चशीलका सिद्धान्त तथा विश्व शान्तिका मूल्यमान्यताहरूमा अडिग रहेको बताउनुभयो।

आइपीयूका उद्देश्य एवं लक्ष्यहरू हासिल गर्न नेपालको संघीय संसद्को पूर्ण सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले शान्ति, लोकतन्त्र, मानव अधिकार, दिगो विकास र अन्तर्राष्ट्रिय सुरक्षाजस्ता विषयहरूमा अन्तर-व्यवस्थापिका सङ्घले प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण पक्षका रुपमा रहेको संक्रमणकालीन न्यायलाई पूर्णता दिन संसदले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी कानून पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय र मित्र राष्ट्रहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

जलवायु न्यायका लागि अपिल
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल र अन्य क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको भन्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाललाई पर्याप्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गर्नुभयो।

अध्यक्ष दाहालले जलवायु न्यायलाई ध्यान दिँदै विकसित देशहरूबाट विकासोन्मुख देशहरूलाई प्रविधिगत, पूँजीगत तथा क्षमता वृद्धिसम्बन्धी सहयोग उपलब्ध गराउन अन्तर(व्यवस्थापिका संघ तथा विश्वका व्यवस्थापिकाहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि बताउनुभयो।

जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, भू-राजनीतिक तनाव, गरिबी, असमानता लगायतका प्रमुख चुनौतीहरू कसरी सामना गर्ने भन्ने विचार विमर्श र योगदान गर्न अन्तर व्यवस्थापिका संघ महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चको रुपमा रहेको अध्यक्ष दाहालले बताउनुभयो।

मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.