• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

  •   मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित

काठमाडौँ– नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले शान्ति मिसनमा खटिने सैनिकहरूमाथि इजराइली पक्षले गरेको आक्रमणको कडा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको सुरक्षाको प्रत्याभूति दिलाउन द्वन्द्वरत दुवै पक्षसँग आग्रह गरको छ । यसैगरी, हिंसा र आक्रमणको शृङ्खला तुरुन्त रोकी उक्त घटनाको विस्तृत छानबिनसहित सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सम्बद्ध पक्षसँग मन्त्रालयले आग्रह गरेको छ ।

दक्षिणी लेबनानस्थित शान्ति मिसनको आधार शिविरभित्र प्रवेश गरी इजरायली सेनाले गरेको हिजबुल्ला लक्षित आक्रमणमा परी ६ जना शान्ति सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, इजरायलले शान्ति सेना हटाउन अनुरोध गरेकामा संयुक्त राष्ट्रसङ्घले नहटाउने निर्णय गरेको समेत जनाइएको छ ।

 

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा उल्लेख्य सङ्ख्यामा सेना खटाई विश्व शान्ति स्थापना अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा द्वन्द्वग्रस्त मुलुक लेबनानमा पनि आफ्नो सेना खटाएको छ ।

इजराइली आक्रमणको निन्दा गर्दै संयुक्त हस्ताक्षर गर्ने देशहरूका तर्फाबाट सङ्घर्षरत दुवै पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था, अमनचैन कायम राख्न आह्वान गरिएको छ ।

यसरी हस्तक्षर गर्ने देशहरूमा नेपालसहित चीन, फ्रान्स, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, श्रीलङ्का, अर्मेनिया, ब्राजिल, अष्ट्रिया, कम्बोडिया, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, घाना, ग्वाटेमाला, हङ्गेरी, इन्डोनेसिया, इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मङ्गोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरालियोन, स्पेन रहेको बताइएको छ ।

मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.