• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

सङ्कटमा हिउँचितुवा

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक ८
नेपालको हिमाली भेगमा मात्र पाइने हिउँचितुवालाई हिमालकी रानी मानिन्छ । नेपालको हिमाल र हिउँ संरक्षणको मानक भनेकै हिउँचितुवा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमालको हिउँसँगै मिसिएर बस्छ, हिउँबिना हिउँचितुवाको परिकल्पना गर्न सकिँदैन त्यसैले यसलाई हिमालकी रानी भनिएको हो ।”

उहाँका अनुसार हिउँजस्तै सेतो बिरालो प्रजातिको लजालु प्राणी हिउँचितुवा लोपोन्मुख प्रजातिमा पर्छ । जटिल जलवायुमा बस्ने, सीमित सङ्ख्यामा भए पनि हिमाली प्रणालीको स्वच्छताको सूचक हो हिउँचितुवा । हिमालमा जति धेरै हिउँचितुवा भेटिन्छन् त्यति त्यहाँको पर्यावरण सुरक्षित र स्वस्थ्य छ भन्ने ठानिन्छ तर पछिल्लो समय जलवायु परिवर्तन र वातावरण विनाशसँगै हिमालकी रानी हिउँचितुवाको जीवन सङ्कटमा पर्दै गएकामा भने उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

महानिर्देशक कँडेलका अनुसार हिमालको हिउँ पग्लँदै जाँदा यसको बासस्थान हिमालको शिरतिर सर्दै छ । अझ तल रहेका सामान्य जातका चितुवाले बढ्दो तापक्रमसँगै माथि उक्लँदै हिउँचितुवाको आहारामाथि कब्जा जमाउन थालेका छन् ।

विभागका प्रवक्ता वेदकुमार ढकालले भन्नुभयो, “हिउँचितुवाको जीवन र नेपालको जलवायु परिवर्तन, तल्लो क्षेत्रको जल, जङ्गल जीविकाको संरक्षणबिच तोड्नै नहुने सम्बन्ध छ ।”

उहाँका अनुसार मानिससँग हिउँचितुवा कहिलेकाहीँ मात्र आमनेसामने हुन्छ । बाघले जस्तो यसले मान्छेलाई आक्रमण गर्दैन । लुक्दै आफ्नो बाटो लाग्छ ।

हिउँरेखा माथि सर्दै जाँदा माथि उक्लेको हिउँचितुवाले आहारा नपाउने समस्या बढ्दो छ । जायजन्म धेरै भएका बखत फराकिलो क्षेत्रमा विचरण गरे पनि घरबस्ती पसेरै पशुधन खाइदिने स्वभाव हिउँचितुवाको नहुने दाबी उहाँले गर्नुभयो । जलवायु परिवर्तनको असरले सगरमाथालगायतका क्षेत्रमा तिब्बती ब्वाँसो र तल्लो भेगको चितुवा गोठमै पसेर भेडाच्याङ्ग्रा खाइदिने गर्दा त्यसको दोष हिउँचितुवालाई लाग्ने गरेको ढकालले बताउनुभयो ।

दसबर्से कार्ययोजनासहित संरक्षणको पहल

नेपालमा हिउँचितुवाको वैज्ञानिक अध्ययन हुन नसक्दा संरक्षणमा कठिनाइ छ । हिमालको भौगोलिक अवस्था कठिन हुने भएकाले बाघ र गैँडा गणना गरे जस्तो हिउँचितुवा गन्न सकिँदैन । उच्च हिमाली भेगमा प्रविधि र मानव स्रोतसाधन पुर्‍याउनै कठिन हुने महानिर्देशक कँडेलले जानकारी दिनुभयो । जसका कारण सबै खालका तथ्य सङ्कलन गर्न सकिँदैन ।

सन् १९०० को दशकमा गरिएको गणना अनुसार नेपालमा ३५० देखि चार सय वटा हिउँचितुवा रहेको अनुमान थियो । बुधबार मात्र सार्वजनिक कञ्चनजङ्घा क्षेत्रको एक सर्वेक्षण अनुसार त्यहाँ अनुमानित नौदेखि २४ वटा हाराहारीमा हिउँचितुवा छन् । डोल्पामा ३० वटा हिउँचितुवा रहेको अर्को फरक सर्वेक्षणले देखाएको छ । हुम्ला, गौरीशङ्कर क्षेत्रमा विभिन्न संस्थाले आफ्नै तरिकाले सर्वेक्षण गरे पनि नतिजा बाहिर आएको छैन । सबैलाई एकीकृत गरेर पूर्ण तथ्य बनाउन विभागले पहल थालेको छ ।

सङ्ख्यामा कम भए पनि नेपालका उच्च हिमाली भेगको संरक्षित क्षेत्रमा ४० प्रतिशत र बाह्य भेगमा ६० प्रतिशत वासस्थान छ । हिउँचितुवा संरक्षणमा नेपालमा विदेशको जस्तै कानुनमा कडाइ गर्न सकिने अवस्था छैन । महानिर्देशक कँडेलका अनुसार छिमेकी मुलुक भारतको हिउँचितुवा बस्ने क्षेत्रमा कोही प्रवेश गरेमा सिधै गोली ठोक्न पाइने कानुन छ । त्यसको विपरीत नेपालमा समुदायलाई नै संरक्षणको स्वामित्व दिने गरी सचेतना बढाउने संरक्षणको नीति छ ।

उहाँले थप्नुभयो, “विदेशी पर्यटकले हिउँचितुवालाई हिमालको दुर्लभ र आदर्श वन्यजन्तु मान्छन्, त्यो हेर्न जतिसुकै मूल्य तिर्न पनि तयार हुन्छन् ।” नेपालको हिमाली भेगमा हिउँचितुवाको धर्म संस्कृतिसँग प्रगाढ नाता छ । सगरमाथामा हिउँचितुवालाई हिमालको भगवान्को प्रतीकका रूपमा स्थानीयले पूजाअर्चना गर्छन् ।

विभागले हिउँचितुवा संरक्षणको १० बर्से कार्ययोजना बनाएर काम थालेको छ । जसमा वैज्ञानिक अध्ययन गर्ने, राहतमैत्री संरक्षणसँगै समुदायलाई संरक्षणको स्वामित्व दिने गरी संरक्षण थालिएको छ । सगरमाथा, डोल्पा, कञ्चनजङ्घालगायतका क्षेत्रमा स्थानीय उपभोक्ता समितिमार्फत संरक्षणको एकीकृत अभियान सुरु भएको विभागले जनाएको छ ।

आगामी वर्ष वैज्ञानिक अनुसन्धान गर्दा प्रविधिको उच्चतम प्रयोगसहित डिएनए सङ्कलन, क्यामरा ट्र्यापिङ, ड्रोनको प्रयोग गरिने जनाइएको छ ।

गोरखापत्रबाट साभार
चादनी हमाल

बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.