• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित

दाङ- तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका -११ र दङ्गीशरण गाउँपालिका -२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो ।

यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैँतिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ ।

यसपटक दसैँतिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो । त्यति मात्र नभइ सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाँया र पुलको आकर्षण थप बढाउने गरेको छ । त्यही दृश्य हेर्नका लागि मानिसहरू आउने र त्यसैमाथि तस्बिर खिचेर आनन्द लिने गरेको देखिन्थ्यो ।

पछिल्लो समय यस पुललाई ‘भाइरल’ पुलका रूपमा चिनाउने गरिन्छ । जहाँ स्थानीय मात्रै होइन सल्यान, रुकुमलगायत जिल्लाबाट समेत फोटो खिच्न तथा दृश्यावलोकन गर्न आउनेको सङ्ख्या बढ्दो छ । सल्यानकी शारदा केसीले सामाजिक सञ्जालका दृश्य तथा विभिन्न व्यक्तिले गरेको चर्चा सुनेर आफू पनि यहाँ आउन बाध्य भएको बताउनुभयो ।

“सामाजिक सञ्जालमा तस्बिर र भिडियो देख्यौँ, त्यही देखेर हामी यहाँ आएका हौँ”, केही दिनअघि यहाँ भेटिनुभएकी उहाँले भन्नुभएको थियो,“यहाँ आउँदा राम्रो लाग्यो, अब यसलाई अन्य पर्यटकीय पूर्वाधारसहित पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक छ ।”

केसीले यहाँ अवलोकन गर्ने आउनेहरूको सहजताका लागि चमेना गृह, शौचालय, विश्रामस्थललगायत संरचना निर्माण गर्नसके स्थानीयहरू समेत लाभान्वित हुने बताउनुभयो ।

विसं २०७९ सालमा निर्माण भए पनि यसपटक पुल चर्चा धेरै भएको तुलसीपुर—११ का ५५ वर्षीया मोहनी लामिछाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यसपटक लामो खडेरीमा गर्मी छल्नका लागि बजार आसपासका नागरिक यहाँ आएसँगै प्रचारप्रसार भयो ।

सामाजिक सञ्जालमा भाइरल भएपछि पछिल्लो समय पर्यटकीय क्षेत्रका रूमा विकास हुन थालेको छ, धेरैको रोजाइमा पर्न थालेको छ । वैशाख जेठमा त यहाँ दैनिक एक हजार पाँच सयभन्दा बढी पुल अवलोकनका लागि आउने गर्थे ।”

रु तीन करोडको लागतमा निर्माण भएको उक्त पुलको लम्बाई चार सय मिटर छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुलले तुलसीपुर बजार जोडिनका लागि पनि सहज बनाएको स्थानीय करविर चौधरीले बताउनुभयो ।

उहाँका अनुसार विगतमा बबई नदीमा जोखिम मोलेर वारपार गर्नुपथ्र्यो तर पुल बनेपछि सहज भएको छ । पछिल्लो समय स्थानीय नागरिकलाइर्ए जोड्ने मात्र नभइ टाढाका नागरिकको मनोरञ्जन स्थलका रूपमा समेत विकास हुन थालेको र अब यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने चौधरीको सुझाव छ ।

उपमहानगरपालिका-११का वडाध्यक्ष मानबहादुर रावतले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूहरूले पहल सुरु गरिसकेको बताउनुभयो । त्यसका लागि वडावासीबाट धेरैपटक छलफल गरी सुझावका आधारम गुरुयोजना बनाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

“गत मङ्गलबार पनि स्थानीय तथा सरोकारवालाहरूसँग छलफल गरी आवश्यक राय सुझाव लिएका छौँ । बबई नदीमा रबरको ड्याम बनाई त्यसमा ढुङ्गा चलाउने योजनाबारे पनि कुरा उठेको छ ।

यस्तै नजिकै रहेको मोति सामुदायिक वनमा चिल्ड्रेन पार्क बनाउने, त्यहाँ भौतिक पूर्वाधार निर्माणलगातका योजनाबारे सरोकारवालासँग विभिन्न चरणमा छलफल भएका छन्”, वडाध्यक्ष रावतले भन्नुभयो,“यसका लागि तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङघीय सरकारसँग बजेटका माग गर्ने निर्णय भएको छ । सबैको सहयोग भएमा यसलाई पर्यकटीक हब बनाउन सकिन्छ ।”

यो झोलुङ्गे पुल तुलसीपुर बजारदेखि करिब १२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।

बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.