• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ५. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ६. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ७. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

‘तेल भिसा’मा विदेशिएका नेपालीले विदेशमा भोग्ने समस्या उठान

  •   बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित

काठमाडौं , मंसिर ५
कुन सिनेमा चल्छ र कस्तो सिनेमा चल्छ भन्ने मेकरलाई पनि थाहा हुँदैन । त्यसैले पहिलो दिन नै हलबाट उत्रिने सिनेमा र करोडौँ कमाउने सिनेमामा पनि कलाकार, निर्देशक र निर्मातामा उत्तिकै आशा हुन्छ । यही कारण आफ्नोतर्फबाट सक्दो मेहनत निर्माणपक्षले हलमा सिनेमा आउँदको दिनसम्म गर्छन् ।

तर, यति हुँदा हुँदै पनि जनताको घरघरका कथा भन्ने सिनेमा दर्शकले मन पराउने सम्भावना भने उच्च हुन्छ । हरेक व्यक्ति र परिवारसँग नजिकको कथामा बन्ने चलचित्रलाई दर्शकले मन पराउँछन् । यो भने यसअघि रिलिज भएका सिनेमाले पनि पुष्टि गरिसकेका छन् ।

यस्तै घरघरका कथा उठान गरेको सिनेमा हो, यही शुक्रबारबाट रिलिज हुन लागेको सिनेमा ‘तेल भिसा’ । यो सिनेमाले विदेशिएका नेपालीले विदेशमा भोग्ने समस्या उठान गरेको छ । विदेशिएका नेपालीको परिवारले नेपालमा परिवारसँगको वियोग र त्यसको छटपटिमा समय विताउनु परेको कथा ‘तेल भिसा’ले उठान गरेको छ ।

अहिले विदेशमा परिवारको सदस्य नभएको नेपालीको घर सायदै होला । दूरदराज पहाडका घरका सदस्य रोजगारीका लागि खाडी गएका छन् । सहरबजारका घरका सदस्य युरोप, अमेरिका र अष्ट्रेलिया पुगेका छन् । त्यसैले यो सिनेमाको कथा घरघरको कथा हो । परिवार परिवारको कथा हो ।

निर्देशक तथा लेखक शंकर घिमिरेका अनुसार सिनेमाले अमेरिका, क्यानडा, अष्ट्रेलियाजस्ता देशमा रहेका नेपालीका कथा उठान गरेको छ । पढ्न वा काम गर्न गएका नेपालीले अमेरिका लगायत देशमा कस्ता दुःख बेहोरिरहेका छन् सिनेमाले उठान गरेको उनले प्रष्ट पारेका छन् ।

विदेशी मुलुकको भाषा नबुझ्दा, सहयोग गर्ने आफ्ना आफन्त नहुँदा, पराइ मुलुकको कानुन नबुझ्दा नेपालीले झेल्नु परिरहेको कथा ‘तेल भिसा’मा छ ।

बाहिरबाट हेर्दा विदेशको काम, बसाई र जीवनमा जति चमकधमक छ, त्यति नै भित्री पाटो फुंग उडेको र निरस छ भन्ने सिनेमाले भन्ने निर्देशक घिमिरे बताउँछन् ।

सिनेमाले उठान गरेका कति घटना रियल भएको र कति यथार्थको नजिक रहेको उनले प्रष्ट पारेका छन् । विदेशी भूमिकामा रहेका आम नेपालीको कथा यो सिनेमाले भन्ने भएकाले यो दर्शकमा कनेक्ट हुने उनको अपेक्षा छ । विगतका सिनेमाको ट्रयाक हिस्ट्रीले पनि यो सम्भावना बलियो देखाएको छ ।

ट्रलेरले मन छोयो, परदेशका नेपालीको कथा, आफ्नै भोगाई भन्नेजस्ता प्रतिक्रिया आइरहेकाले पनि ‘तेल भिसा’ले दर्शकको मन जित्नेमा यसको निर्माणपक्ष ढुक्क देखिएको छ ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् । उनको दोहोरो भूमिकाका कारण पनि दर्शकमा कौतुहलता देखिएको छ । विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।

यो सिनेमाको छायांकन अमेरिका र नेपालमा भएको थियो । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।सिनेमा ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदैछ । यतिबेला निर्माणपक्ष सिनेमाको प्रचारमा व्यस्त छ ।

सिनेमाले उठान गरेको कथा, ट्रेलरमा आएको प्रतिक्रिया, सिनेमामा कलाकारको लाइनअप, अग्रज र अहिलेका कलाकारको मिक्सअप, निर्मातामा रहेको अनुभव आदिले सिनेमाले व्यवसायिक सफलता पाउनेमा निर्माणपक्ष ढुक्क छ ।

बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ५.
    नवरात्रको नवौँ दिन : कात्तिक २ गते

  • ६.
    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.