• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

दश वर्षमा दश हजारभन्दा बढी वैदेशिक श्रमिकको मृत्यु

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिफन्टले सामाजिक सुरक्षामा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाउँदैछ ।

जिफन्टले सार्वजनिक गरेको फ्याक्टसीटमा यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अङ्गभङ्ग भई स्वदेश फर्किएका छन् ।

यसैगरी, सन् २०१४/१५ मा एक हजार छ, २०१५/१६ मा ८१३, २०१६/१७ मा ७५५, २०१७/१८ मा ८२९, २०१८/१९ मा ७९६, २०१९/२० मा ६५६, २०२०/२१ मा एक हजार २४९, २०२१/२२ मा एक हजार ४७९ र २०२२/२३ मा एक हजार २०८ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीको सम्बन्धमा वर्षौदेखि मुलुकमा नै न्यायिक ज्यालासहितको रोजगारीका लागि माग गर्दै आएको भन्नुहुँदै वैदेशिक रोजगारीमा प्रस्थानदेखि स्वदेश फिर्ता हुँदासम्म सबै प्रकारका शोषणबाट मुक्ति, मर्यादित काम, सामाजिक सुरक्षा, संवाद र सम्मान आधारभूत अडानका विषय रहेको बताउनुभयो ।

नेपाली श्रमिक युरोपका केही मुलुकमा रोजगारीका लागि जाने क्रम बढेको देखिएको छ । नेपाली श्रमिक गएको युरोपको तेस्रो र चौथो गन्तव्य मुलुक साइप्रस र माल्टा छन् ।

आर्थिक वर्ष २०७९/८० मा रोमानियामा जाने नेपालीको सङ्ख्या १४ हजार २५० जना थियो । चालु आर्थिक वर्षमा १५ हजार ३६४ जना कामका लागि क्रोएसिया गएको तथ्याङ्क छ ।

यस्तै, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो वर्ष (२०८०/८१) मा श्रम स्वीकृति लिएका अदक्ष श्रमिक सङ्ख्या एक लाख ४५ हजार ५४७ छ भने दक्ष श्रमिकको सङ्ख्या पाँच लाख ७९ हजार ३७३ रहेको छ । सीप नभएका कारण विभिन्न देश पुगेका श्रमिकले समस्या झेल्नुपरेको अवस्था अझै कायम छ ।

अध्यक्ष श्रेष्ठले युरोपका मुलुकहरुमा रोजगारीमा पठाउने नाममा मेनपावर कम्पनी तथा अनधिकृत व्यक्तिले रकम असुल्ने, गन्तव्यमा पुर्‍याएर अलपत्र पार्ने गरेका घटनाप्रति सम्बनिधत निकाय गम्भीर हुन जरुरी देखिएको बताउनुभयो । आकर्षक रोजगारी मिलाउने भनी आर्थिक ठगी र मानव तस्करी घटना रोक्न त्यस्ता कार्यमा संलग्न संस्था वा व्यक्तिलाई कारवाही गर्न कानुनमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

केही वर्ष यता एजेन्सी मार्फतभन्दा व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

अध्यक्ष श्रेष्ठले श्रमिकलाई कुनै समस्या पर्दा जिम्मेवारी लिनुपर्ने हुँदा त्यस किसिमको जिम्मेवारीबाट बच्न व्यक्तिगत माध्यम प्रयोग गरेको स्पष्ट देखिएकोे बताउनुभयो ।

मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.