• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ५. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ६. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ७. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

भोलिदेखि पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने

  •   सोमबार, पुष ०८, २०८१ मा प्रकाशित

पर्यटनको राजधानी पोखरामा भोलि (मङ्गलवार) देखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ सुरु हुने भएको छ ।

पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पौष ०९ देखि १७ गते (डिसेम्बर २४ देखि जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवको अन्तिम तयारी पूरा भएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो ।

९ दिन सञ्चालन हुने महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी हुनुहुने भएको उहाँले जनाउनु भयो । पोखराको आकाशमा एकै पटकमा १७ वटा हर्ट एयर बेलुन उड्ने भएको अध्यक्ष वाडेले जनाउनुभयो ।

पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरूको सहभागी हुने भएको आयोजकले जनाएको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त महोत्सवको स्थानीय संयोजकको रुपमा फेवा क्लब रहेको छ भने महोत्सव पोखरा २३ र २४ मा पर्ने फेवाफाँटमा हुने भएको हो । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको महोत्सवमा नेपालका चर्चित राष्ट्रिय देखि स्थानीय कलाकारको प्रस्तुती हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।

महोत्सव अवधिमा बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म र बेलुका ४ः०० बजे देखि ०६ः०० बजे सम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान गर्नुहुने छ भने बेलुका ७ः०० बजे देखि ०८ः०० बजे सम्म बेलुन नाइट ग्लोः गरिने भएको प्रतियोगिताका संयोजक सविन महर्जनले बताउनु भयो । उक्त महोत्सवमा डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था गरिएको उहाँले जनाउनु भयो ।

महोत्सवमा हरेक दिन साङ्गीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुने भएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन् क्रुज, बेली नृत्य लगायत थप स्थानीय कलाकार र व्यान्डले साङ्गीतिक प्रस्तुति दिने भएको परिषद्का अध्यक्ष पहारीले जनाउनु भयो ।

महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य, नाइट बेलुन ग्लोः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाण्डौंको कुमारी नृत्य र व्रज योगिनी लगायतका कार्यक्रम प्रस्तुत: हुने भएको आयोजकले जनाएको छ । महोत्सवमा डिसेम्बर २४ देखि २६ तारिकसम्म विभिन्न व्याण्ड सहितको प्रस्तुती रहने भएको छ भने महोत्सवमा २७ देखि ३१ तारिखसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ। जनवरी १ तारिखमा साङ्गीतिक कार्यक्रम प्रस्तुती सहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकार सहितका अन्य केही स्टलहरू समेत रहने भएका छन् ।

बिवाईडी को मुख्य: प्रायोजनमा हुने महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रवर्द्धकमा रहेका छन् । यसैबिच, उद्घाटनको अवसरमा पुस ९ गते पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रदर्शन हुने भएको परिषद्का महासचिव जीवनराम सापकोटाले जनाउनु भयो ।

सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ५.
    आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    नवरात्रको नवौँ दिन : कात्तिक २ गते

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.