• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

खेती गर्नुअघि माटोको परीक्षण गर्न सुरु

  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित

खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ । खेती गर्ने माटोको गुणस्तर परीक्षण नहुँदा उत्पादनमा ह्रास र तथ्याङ्कको अभावले समस्या समाधान गर्न पनि अरू समस्या हुने गर्दथ्यो ।

परीक्षणको तथ्यबाट डराउने अवस्था नभए पनि सचेत हुन र माटोको गुणस्तर बढाउन आवश्यक देखिएको छ । देशव्यापी माटो जँचाउने किसानको सङ्ख्या बढेसँगै त्यसमा अम्लीयपनको मात्रा बढेको तथ्य बाहिर आएपछि अम्लीय र क्षारीय भएको माटोको गुणस्तर बढाउन कृषि प्राविधिकको सल्लाह लिन विज्ञहरूले सुझाव दिएका छन् ।

लामो समयदेखि माटोको गुणस्तरबारे अध्ययन गरिरहेका कृषि प्रचार अधिकृत कृष्ण धितालले एक दशकअघिसम्म तराईका निश्चित जिल्लामा मात्रै माटोको क्षमता जाँच्ने उपकरण भएकामा सङ्घीयतापछि माटो जाँच्ने प्रविधि हिमाल र पहाडी जिल्लामा पुगेको बताउनुभयो । त्यससँगै त्यहाँका सरकारी निकायको सहयोगमा माटोको परीक्षण थालेपछि त्यहाँको माटोमा पनि अम्लीयपन देखिएको हुन सक्ने बताउनुभयो ।

अम्लीयपन भएको माटोको उपचार कृषि चुन र प्राङ्गारिक मलले नै सम्भव हुने भएकाले माटोको गुणस्तरमा ध्यान दिन सुझाव दिनुभयो । खेतीयोग्य जमिनको माटोमा अम्लीयपन पछिल्ला वर्षमा निरन्तर बढ्दै जान थालेपछि माटोको गुणस्तरमा परीक्षण गरेर मात्रै बाली लगाउँदा किसानलाई फाइदा पुग्ने भएकाले कम्तीमा माटो परीक्षणका आधारमा बाली लगाउँदा जोखिम कम हुने उहाँले किसानलाई सुझाव दिनुभयो ।

कृषि अनुसन्धान परिषद् (नार्क) ले देशका विभिन्न ठाउँबाट लिइएको नमुना परीक्षण गर्दा माटोमा ६६ प्रतिशत अम्लीयपन पाइएको उल्लेख गरेको छ । माटो परीक्षण गर्दा अम्लीयपन भएको वा क्षारीयपन भएको जस्ता समस्या थाहा भएपछि माटो परीक्षण गरेर कृषि प्राविधिकको सल्लाहमा गुणस्तर बढाउन सकिने नार्कले उल्लेख गरेको छ ।

६६ प्रतिशत माटोमा अम्लीयपन देखिएपछि नार्कले पुनः ७७ जिल्लाबाट माटोको परीक्षण सुरु गरेको छ । माटोविज्ञ डा. श्रीप्रसाद विष्टले नार्कले ७७ वटै जिल्लामा गरिएको माटो परीक्षणको नयाँ तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो । उहाँले विगतको तथ्य हेर्दा खेतीयोग्य जमिनको माटोमा अम्लीयपन देखिएको र त्यसमध्ये पनि पूर्वी क्षेत्रमा धेरै पाइएको स्पष्ट पार्नुभयो ।

वेबसाइटबाटै माटो जाँच

तीन वर्षअघि कृषि अनुसन्धान परिषद् नार्कले सञ्चालनमा ल्याएको माटो परीक्षणको वेबसाइटमा लाखौँले माटो र कृषिसम्बन्धी जानकारी लिनेको सङ्ख्या पनि बढेको हुन सक्ने अनुमान गरिएको छ ।

७७ जिल्ला नै कभरेज रहेको सो वेबसाइटले फोटो खिचेर त्यहाँको माटोको स्वास्थ्यबारे जानकारी दिने गरेको छ । एकै क्लिकमा सम्पूर्ण माटोको अवस्थाबारे जानकारी दिने वेबसाइट विकास गरेसँगै त्यसबाट लाखौँ कृषकले फाइदा उठाएको नार्कले जनाएको छ ।

डा. विष्टले पछिल्लो १६ महिनामै एक लाखभन्दा धेरैले त्यसबाट जानकारी लिएको बताउनुभयो । मोबाइल, ल्यापटप र कम्युटरका माध्यमबाट आफूले खोजेको जानकारी सहजै पाउन सकिन्छ । त्यसका लागि इन्टरनेट भने अनिवार्य छ ।

नेपालको भूभाग सुहाउँदो माटोको विद्युतीय नक्सा (डिजिटल सोयल म्याप) को आधारमा त्यहाँको वस्तुस्थितिबारे जानकारी दिने वेबसाइटले कृषकको समस्या समाधान गरिरहेको छ ।

विष्टले बालीनालीबाट राम्रो उत्पादन लिन माटोको गुणस्तर राम्रो हुनुपर्ने गुणस्तरीय माटोमा बाली उत्पादन राम्रो हुने बताउनुभयो । उहाँले माटोको अम्लीयपन, उर्वराशक्ति, रसायन पदार्थको मात्रा, बनावट तथा गुणलगायत सम्पूर्ण जानकारी दिने उद्देश्यले डिजिटल नक्साङ्कन गरिएको र सोही आधारमा किसानले आफ्नो माटोबारे पूर्ण जानकारी पाएको उल्लेख गर्नुभयो । दैनिक सो वेबबाट १५० जनाले माटोबारे जानकारी लिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।

विद्युतीय नक्साले प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन, कुनै विन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिन्छ । केही वर्षअघि तराईका जिल्लामा मात्रै माटोको अवस्थाबारे जानकारी पाउने भए पनि अहिले ७७ जिल्लाको वडाको टोलमा माटोको अवस्था कस्तो छ भनेर जानकारी आएको उहाँले स्पष्ट पार्नुभयो ।

सोही नक्साका आधारमा आफ्नो खेतमा कस्तो खेती लगाउँदा उपयुक्त हुन्छ भनेर जानकारी पाएको मण्डनदेउपुरका कृषक उमेश सापकोटाले बताउनुभयो । उहाँले विदेशबाट फर्किएपछि सोही नक्साका आधारमा आफ्नो जग्गामा माटोको गुण कस्तो रहेछ भन्ने जानकारी मिलेको बताउनुभयो । उहाँले त्यसपछि मात्रै मल कति प्रयोग गर्ने, कस्तो बाली लगाउने माटोको स्वास्थ्य सुधार्न के कस्तो उपाय अपनाउन भन्नेबारे जानकारी पाएको बताउनुभयो ।

सिन्धुपाल्चोक जुगलका मित्र श्रेष्ठले भूकम्पपछि सुन्तला अमिलो हुनुमा अम्लीयपन बढेको भन्ने जानकारी सोही माध्यमबाट थाहा पाएको र कृषिचुनको प्रयोगपछि सुन्तलाको स्वाद पुरानै अवस्थामा पुगेको बताउनुभयो । उहाँले प्रयोग गर्न जान्ने हो भने सो वेबसाइट निकै फलदायी रहेको बताउनुभयो । त्यसका लागि इन्टरनेटको पहुँच र स्मार्ट फोन आवश्यक पर्ने नार्कले उल्लेख गरेको छ । गुगलमा ‘सोयल डट नार्क डट एनपी’ लाई अङ्ग्रेजी अक्षरमा राखेर निर्देशन अनुसार माटो परीक्षण गर्न सकिन्छ ।

प्रविधि विकाससँगै कृषकले प्रयोगशालामा माटो ल्याएर आफ्नो माटोको अवस्था जान्न पछिल्लो १६ महिनामा एकभन्दा धेरै किसानले यसको प्रयोग गरेका छन् ।

 

शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.