• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति तिब्र

  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति बढेको छ ।

नेपाली सेनाका गतिविधिबारे जानकारी गराउन सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजनाका प्रमुख, उपरथी कमलविक्रम शाहले द्रुतमार्गको समग्र प्रगति करिब ४० प्रतिशत रहेको जानकारी दिनुभयो ।

उहाँले भौतिक प्रगति ३८.२६ प्रतिशत तथा वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको जानकारी दिँदै भन्नुभयो, “आयोजना अन्तर्गत अधिकांश भौगोलिक रूपमा विकट तथा कठिन ठाउँमा काम भइरहेको छ । विगतभन्दा अबदेखि आयोजनाको तुलनात्मक प्रगति बढी हुन्छ ।”

गत आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३०.९६ प्रतिशत वित्तीय प्रगति ३१.५७ प्रतिशत रहेको थियो । आयोजनाको कुल ७०.९७७ किलोमिटर लम्बाइ रहेको द्रुतमार्गमा १०.९७ किलोमिटर लम्बाइका सात वटा सुरुङमध्ये धेद्रे सुरुङ र लानेडाँडा सुरुङ छिचोलिइसकेको र सबैभन्दा लामो महादेवटार सुरुङमार्गको काम पनि तीव्र रूपमा अघि बढेको सेनाले जनाएको छ ।

देवीचौरी, सिसौँटार, चन्द्राम भिरमा बन्ने सुरुङको डिजाइन तयार भई काम अघि बढेको जनाइएको छ । आयोजनाको कुल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) समस्या सिर्जना हुँदा काम अघि बढ्न सकेको छैन । त्यसै गरी प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान भए कामको प्रगति बढ्ने छ ।

आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा पुगेको र मुख्य गरी सुरुङमार्ग र पुल निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । त्यसै गरी आयोजनामा कुल ८९ पुलको लम्बाइ १२.८८५ किलोमिटर रहने छ । प्याकेज नम्बर १ देखि ७ सम्मका पुल निर्माण अघि बढेको छ ।

काठमाडौँलाई तराईसँग जोड्न सबैभन्दा छोटो द्रुतमार्गमा पहाडी भू–भागमा सडकको चौडाइ २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनी रहेको छ । अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनीमध्ये हालसम्म चार हजार ७७७ रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले जनाएको छ ।

सडक हस्तान्तरण

नेपाली सेनाले भौगोलिक रूपमा कठिन भई निजी क्षेत्रले निर्माण गर्न नसकेका सडक निर्माण सम्पन्न गरी दुर्गम क्षेत्रमा सडक पहुँच विस्तार गरेको छ । सेनाले पछिल्लो १० वर्षमा बहुप्रतीक्षित कालीगण्डकी कोरिडोर, जाजरकोट–डोल्पा–जोमसोम–कागबेनी सडक, कर्णाली राजमार्ग, काठमाडौँ–हेटौँडा कान्ति लोकमार्गलगायत ३२ वटा सडक आयोजना सम्पन्न गरेको जनाएको छ । जसको लम्बाइ एक हजार ४०० किलोमिटर रहेको र ती सडक सरकारलाई हस्तान्तरणसमेत गरिसकेको जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक, कर्णाली कोरिडोर सडक, दार्चुला टिङ्कर सडक अन्तर्गतका २०० किलोमिटरभन्दा बढी सडक निर्माण भइसकेको र बाँकी सडक निर्माण पनि तीव्र रूपमा अघि बढेको छ ।

सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.