• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

अन्नपूर्ण आधार शिविरमा खुला सङ्ग्रहालय बनाउन सुरु

  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खुला सङ्ग्रहालय बनाउन सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा समुन्द्री सतह देखि चार हजार एक सय ९० मिटरको उचाइमा रहेको आधार शिविरमा खुला सङ्ग्रहालय बनाउन लागेको हो ।

आगामी जुन ३ गते अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा विशेष कार्यक्रमका साथमा हिरक दिवस मनाउनुका साथै उक्त खुला सङग्रहालयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने कार्यक्रम तय भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिस सहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । उक्त दिनमा अन्नपूर्ण दिवस मनाउने गरिएको छ ।

आधार शिविरमा निर्माण गरिने खुला सङ्ग्रहालयमा पहिलो अन्नपूर्ण आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोग, लुई लाशनाल र नेपाली आमथार्की शेर्पाको मूर्ति सहित हिमाल आरोहणको इतिहासका बारेमा ढुङ्गामा लेखिएका लेखहरू, मौरिसले पहिलो पटक आरोहण गर्दा प्रयोग भएका सामाग्री र ताम्रपत्रमा अहिलेसम्म हिमाल आरोहण गरेका चार सय ८८ जनाको नामवली, आरोहणको मिति सहितको विवरण राखिने पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो ।

खुला सङ्ग्रहालय बनाउन अन्नपूर्ण गाउँपालिकाको दस लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को चार लाख गरी १४ लाख रुपियाँ खर्च हुने उहाँले बताउनुभयो ।

मौरिस हर्जोग पदमार्ग र आधार शिविरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले खुला सङ्ग्रहालय निर्माण गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुन ले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा एक करोड २५ लाख रुपियाँ लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग र चिया पसल निर्माण थालिएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।

पर्यटकको सहजताका लागि पदमार्गको हुमखोला देखि आधार शिविर सम्मको विभिन्न स्थानहरूमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधा सहितका होटल सञ्चालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैल यात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.