काठमाडौं , चैत्र ०७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक युवा वर्ग भ्रष्टाचार र बेथितिको विरुद्ध देखिएको बताएका छन् । आज बिहान सामाजिक सन्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ ।’
कयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। ‘प्रचण्डले विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया


