• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

युरोपमा बढ्दै रोजगारीको आकर्षण

  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित

काठमाडौं ,चैत्र २६
खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा बढी जाने गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा युरोपका चार वटा देशमा ३४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार गत आव २०८०/८१ को आठ महिनाको तुलनामा चालु आवको सो अवधिसम्म युरोपका रोमानिया, क्रोएसिया, माल्टा र साइप्रस जानेको सङ्ख्या ३२ प्रतिशतले बढेको हो । चालु आवको यस अवधिसम्म ती देशका लागि ३४ हजार ३६६ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको सोही अवधिसम्म २३ हजार ५१० जनाले श्रम स्वीकृति लिएका थिए । जुन सङ्ख्या गत आवको सो अवधिको तुलनामा चालु आवको सो अवधिमा १० हजार ८५६ जनाले बढी हो ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्ला वर्षमा नेपाली युरोपेली मुलुक रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा जाने क्रम बढेको जानकारी दिनुभयो । श्रम स्वीकृति नलिई भ्रमण भिसा वा अन्य माध्यमबाट जाने र उतै काम गर्नेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । ती देशमा संस्थागत नभएर व्यक्तिगत भिसामा जाने गरेको खाडी र मलेसियाको तुलनामा लागत बढिरहेको छ ।

विभागका अनुसार सङ्ख्याका हिसाबले युरोपमा सबैभन्दा धेरै रोमानिया जाने बढेका छन् । चालु आवको यस अवधिसम्म रोमानिया जाने नेपाली १७ हजार ८३० जना रहेका छन् । जबकि गत आवको सो अवधिमा रोमानियामा सात हजार ५४४ जनाले श्रम स्वीकृति लिएर गएका थिए ।

विभागका अनुसार क्रोएसिया र साइप्रस जाने नेपालीको सङ्ख्या भने सामान्य रूपमा बढेको छ । गत आवको फागुनसम्ममा सात हजार ५०६ जना क्रोएसिया गएकोमा चालु आवको फागुनसम्म आठ हजार ८०५ जना पुगेका छन् । यस्तै चालु आवमा साइप्रसमा चार हजार ९० जना नेपाली श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो सङ्ख्या तीन हजार ६७९ थियो । माल्टा जानेमा भने यस वर्ष दुई हजार ६४ जनाले कमी आएको छ ।

गत आवको फागुनसम्ममा चार हजार ५८३ जनाले माल्टाका लागि श्रम स्वीकृति लिएकामा चालु आवको फागुनसम्म दुई हजार ५१९ जनाले मात्रै श्रम स्वीकृति लिएको देखिन्छ । पछिल्लो दुई वर्षको आठ महिनाको प्रतिवेदन विश्लेषण गरेर हेर्दा पछिल्लो वर्ष माल्टा जानेको सङ्ख्या घटेको देखिन्छ ।

पछिल्लो समयमा जर्मनीले नेपालबाट दक्ष तथा अर्धदक्ष नेपाली श्रमिक लिन इच्छा देखाउँदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी पक्षसँग नेपाली श्रमिक पठाउन सक्ने सम्भावित क्षेत्रबारे अध्ययन पनि सुरु गरेको जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायीले युरोपका कतिपय मुलुकमा नेपाली श्रमिकको माग राम्रो भए पनि मागपत्र प्रमाणीकरण झन्झटिलो भएका कारण यो अवसर नेपालले गुमाएको भन्दै सहज गर्न सरकारसँग माग गर्दै आएका छन् । युरोपमा व्यक्तिगत भिसामा नेपाली जाने क्रम बढेपछि श्रम मन्त्रालयले दुई वर्षपहिले नै दूतावास नभएका देशको प्रमाणीकरण नेपालबाटै गर्ने तयारी गरे पनि परराष्ट्र मन्त्रालयले नमान्दा रोकिएको छ ।गोरखापत्र बाट साभार

मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.