• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

आजदेखि भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सुरु

  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित

भक्तपुर- भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ । भक्तपुर नगरबासीले विहानै दत्तात्रयबाट र्‍याली सुरु गरेर जात्राको विधिवत सुरु गरेका हुन् ।

प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तान्ने चलन रहेको छ । नयाँ वर्ष आगमनको तीन दिन अगाडि यो वर्ष चैत २८ गते विहिबारदेखि प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । रथको दुईतीर मोटोमोटो डोरी राखेर हजारौं युवाले रथ तान्ने गर्दछन् ।

आज जात्राको पहिलो दिन नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता रथ तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानेर पछिल्लो वर्ष जता पनि लैजान गर्दछन् ।

जात्रालाई हर्षोलासमय रुपमा मनाउन गुठी संस्थान र भक्तपुर नगरपालिकाले सबैमा अनुरोध गरेको छ । विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा रहेको संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठले बताउनु भयो ।

वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि यो एक जिल्लाको स्थानीय जात्राका रूपमा मात्र सीमित रहन पुगेको उहाँको भनाइ छ ।

जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत देशका विभिन्न भागबाट हजारौं मानिसहरु भक्तपुर आउने गर्दछन् । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।

विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । जात्राको चौथो दिन ल्योसिङख्योमा तान्त्रिक रुपमा ५५ हाते लिङ्गो उभ्याएर वीरध्वज र विश्वध्वज झुण्डयाउने परम्परा रहेको छ ।

तान्त्रिकपूजा गरेर तलेजुमा दुमाजु, बाराहीको तिंप्वा जात्रा र खौमाको इन्द्रयाणी देवीको जात्रा समेत गर्ने परम्पररा छ ।बिस्केट जात्रालाई स्थानीय भाषामा बिस्का भनिने चलन छ । नगरको केन्द्र भाग पाँचतले मन्दिर प्रांगण अहिले मानिसको भिडभाड बढेको छ ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रालाई भव्य र सभ्यरुपमा मनाउन जिल्ला प्रहरी परिसर भक्तपुरले आग्रह प्रमुख एसपी माधव बुढाथोकीले बताउनुभयो ।

नागनागिन मर्यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आएको यो जात्रा हो । लिंगोमा फहर्राने ‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइने गरिएको संस्कृतिविद्को जिकिर छ ।

स्थानीयले रथको अगाडि पछाडि डोरी तानातान गरेर आआफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोलमा जहाँ लैजान सकिन्छ, त्यो टोल विजयी भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ ।

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.