काठमाडौं ,बैशाख ११
भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । आज बिहान न्यौपानेको शव नेपाल ल्याइएको हो ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै न्यौपानेको शव नेपाल ल्याइएको हो ।
घुम्न गएका न्यौपानेको मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका थिए । उक्त हमलामा दुई जना विदेशीसहित २६ जना मारिएका छन्।
तपाईको प्रतिक्रिया


