काठमाडौं ,जेठ ०२
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट १६ महिनापछि कमब्याक भएका छन् । डडेल्धुरामा अध्यक्ष प्रचण्डसहितको बैठकले मानबहादुर धामीलाई हटाउँदै खगराजलाई दल नेता बनाएको हो ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दल नेता बनेका थिए ।बिहीबार डडेल्धुराको एक सरकारी कार्यालयको गेस्ट हाउसमा बसेको बैठकले पुन संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरेको हो ।
माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए । पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन् ।भट्ट माओवादी स्थायी कमिटी सदस्य समेत हुन् ।
तपाईको प्रतिक्रिया


