• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

बाढी आयो तर आएन खबर

  •   शुक्रबार, असार २७, २०८२ मा प्रकाशित

पूर्वसूचनाको सञ्जाल बलियो नहुँदा तिब्बतमा भएको हिमताल विस्फोटले नेपालमा ठुलो जनधनको क्षति गरायो । मङ्गलबार बिहानै हिमबाढी नेपाल प्रवेश गर्‍यो । त्यो हिमबाढीको खबर तल्लो तटीय क्षेत्रमा पुग्नै सकेन । बाढी भित्रिसकेपछि खबर गर्ने अवसर पनि नेपाल र चीन सीमाका सरोकारवालाले पाएनन् । सीमाक्षेत्रस्थित सुक्खा बन्दरगाहका मजदुरको समेत ज्यान गयो ।

निदाइरहेका मजदुर उठाउन गएका तीन जना सुरक्षाकर्मी पनि बाढीमा बगे । खर्बौं रुपियाँको जनधनको क्षति भयो । यस्तो विपत् आउँदा पूर्वसूचना नै बलियो हतियार हुने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सूचना नै नदिइएको भन्न सकिँदैन तर तिब्बतका सरकारी निकायले पनि हिमताल फुटेर त्यत्रो बाढी आएको पत्तो नपाएको हुन सक्छ ।” बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्नै लाग्दा सीमाक्षेत्रमा रहेका चिनियाँ र नेपाली दुवैतर्फले क्षति कम गर्न जोडबल लगाएको दाबी उहाँले गर्नुभयो । उहाँका अनुसार गत महिना सीमापार वर्र्षा हुँदा उताबाट एक साताअघि नै खबर आएको थियो ।

छिमेकी चीनसँग नेपालको सिमाना एक हजार ३८९ किलोमिटर क्षेत्रफलमा जोडिएको छ । जसमा सर्वोच्च शिखर सगरमाथासहितको उच्च हिमशृङ्खला रहेका छन् । अर्को छिमेकी मुलुक भारतसँग पनि सीमा जोडिएको छ । यताबाट जाने कोशीको बाढी होस् वा महाकालीपारिबाट बाढीपहिरोजन्य विपत् आउँदा सूचना आदानप्रदान जरुरी हुन्छ । नेपाल र भारतबिच एक हजार ८८० किलोमिटर क्षेत्रफलमा दुई देशको सिमाना जोडिएको छ ।

त्यसैले दुवैतिरका छिमेकीसँग विकास साझेदारीसँगै विपत् न्यूनीकरणका लागि पूर्वसूचना आदानप्रदानको सञ्जाल बलियो हुनुपर्ने हिममण्डल अध्येता डा. सुदीप ठकुरी बताउनुहुन्छ । हिमाली भेगको जोखिम तराईमा पुग्ने बाढीको तुलनामा अधिक गतिशील हुन्छ । उहाँले भन्नुभयो, “हरपल अन्तरदेशीय सूचनाको आदानप्रदान जरुरी हुन्छ, जुन तिब्बतबाट रसुवासम्म बाढी आइपुग्दा देखिएन ।”

नेपाली हिमालका हिउँ बढ्दो तापक्रमका कारण पग्लने दर मात्र बढेको नभई तापक्रमको बढोत्तरीले हिमालमा वर्षा गराउन थालेको छ । वर्षाले हिउँ पग्लने दर थप उच्च बनाएकाले थुप्रै हिमताल बन्ने क्रम बढेको दाबी उहाँले गर्नुभयो ।

नेपाल र तिब्बतको सीमाक्षेत्रमा ४७ भन्दा बढी हिमताल छन् । नयाँ बनेका हिमतालको गणना त्यसमा छैन । सर्वोच्च शिखर वारपार पनि अत्यधिक हिमताल बढेका छन् । सन् २०१५ पछिको हिमतालको अवस्था पत्ता लगाउन नयाँ अध्ययनको जरुरी उहाँ औँल्याउनुहुन्छ । पूर्वसूचना प्रणालीको सञ्जाल बनाउन दुवै देशको सरकारीस्तरमा पहिलो सञ्जाल हुनु पर्छ । त्यसपछि क्षेत्रीय संस्था सार्क, बिम्स्टेकलगायतले पूर्वसूचना प्रणालीबाट सूचना आदानप्रदान सञ्जाल निर्माण गरेर परिचालन गर्न सक्नु पर्छ । यीबाहेक अध्ययन तथा अनुसन्धानमा संलग्न संस्थाले आपसमा साझेदारी गरेर पनि सूचना आदानप्रदान गर्न सक्छन् । जुन तिब्बत ताल विस्फोटपछि मात्र थोरै देखिएको छ ।

चीनसँग संस्थागत तथा प्राविधिक संरचना बलियो छ । जसबाट भरपर्दो सूचना लिन सकिन्छ । उहाँले थप्नुभयो, “हाम्रो आफ्नै स्याटेलाइट छैन, सुपर प्रविधियुक्त कम्प्युटर पनि छैन, त्यसैले सरकारले चीन सरकारसँग साझेदारीयुक्त पहल गर्न जरुरी छ ।”

हिममण्डल अध्येता अमृत थापा पनि विपत् न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीको विकल्प नरहेको औँल्याउनुहुन्छ । अर्को भनेको जोखिमयुक्त तालहरूको पानी घटाउन इम्जा, च्छोरोल्पा जस्तै अनुसन्धान र अवलोकन बढाउनुपर्नेमा उहाँको जोड छ । जोखिमयुक्त तटीय क्षेत्रका बस्ती सुरक्षित स्थानमा सार्नेसँगै स्थानीय जनतालाई हिमतालको जोखिमका बारेमा सचेत गराउनुपर्ने सुझाव उहाँको छ । जलवायु परिवर्तनमा नेपालको योगदान कम छ । उहाँले भन्नुभयो, “तर हामीलाई असर बढी परेको छ, त्यसका लागि बलियो अध्ययनसहितको क्षतिपूर्ति पुनर्भरणका लागि अन्तर्राष्ट्रिय स्तरमा दाबी गर्नु पर्छ ।”

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.