• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

पानी नपरे पनि तराईमा ४६ प्रतिशत रोपाइँ

  •   शनिबार, साउन ०३, २०८२ मा प्रकाशित

पहाडमा ‘रुढा पहिरा’ ले धान खेती पुरिँदा मधेशमा ‘रौदी’ का कारण कृषकले धान रोप्न पाएका छैनन् ।

अत्यधिक वर्षापछि लेदोसहित आएको बाढीलाई पहाडमा रुढा पहिरा भनिन्छ भने मधेशमा असार, साउनमा सडकमा धुलो उड्नुलाई राम्रो मानिँदैन त्यसलाई रौदी भनिन्छ । त्यसले राम्रो कुराको सङ्केत नगर्ने सप्तरी कल्याणपुर रुपनी गाउँपालिका–४ का ७८ वर्षीय किसान बिन्हाई खङ्ग बताउनुहुन्छ ।

एक महिनादेखि लगातार पानी नपर्दा तराईको मुख्य बाली धानको रोपाइँ हुन सकेको छैन । कृषि विकास निर्देशनालय मधेश प्रदेशका अनुसार अघिल्लो वर्ष असार मसान्तमा मधेश प्रदेशमा ६६ प्रतिशत रोपाइँ भइसकेको थियो । यो वर्ष ठ्याक्कै उल्टो भएको छ । मधेशमा हालसम्ममा ४६ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । रोपिएका धान खेतमा धाँजा फाट्न थालेको छ । विसं २०७९ मा पनि मधेशले यस्तै प्रकारको विपत्तिको सामना गरेको थियो । सो समयमा मुस्किलले ६० प्रतिशत रोपाइँ भएको थियो ।

मधेशमा प्रत्येक २० देखि २५ वर्षमा लामो खडेरी पर्ने गरेको छ ।

२००७, २०२९, २०४९ मा लामो खडेरी परेको थियो । राजविराज निवासी पूर्वप्रधानाध्यापक नरसिंहलाल कर्णले मिथिला संस्कृतिमा रौदी खडेरी लागेको समयमा महिलाले रातको समयमा इन्द्र भगवान्लाई रिझाउन तन्त्रमन्त्रसहितको गीत गाउँदै ‘जटजटिन’ गर्दा वर्षा हुने विश्वास रहेको बताउनुभयो ।

त्यस्तै मधेशमा मसलाको रुख रोप्न थालेपछि जग्गा रुखो बनाएको र खडेरीलगायतका समस्या बढेको चौधरीले उल्लेख गर्नुभयो । मधेशमा तीन लाख ७२ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । समयमै वर्षा हुँदा ९७ प्रतिशतसम्म रोपाइँ भएको तथ्याङ्क छ । हालसम्म मधेशमा कम्तीमा ७५ प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा रोपाइँ नहुँदा उत्पादनमा ठुलो मात्रामा गिरावट आउने सम्भावना छ । मधेश प्रदेशमा देखा परेको खडेरीको समस्याबारे मधेश प्रदेशका प्रमुख, प्रमुख जिल्ला अधिकारीले छलफलसमेत गरेका छन् । छलफलमा चुरे संरक्षण, नहरको निर्माण, पुराना पोखरीको उत्खनन्, पानी रिचार्जको नयाँ प्रविधिको विकासमा जोड दिएका छन् ।

मधेश सरकारले लामो समयदेखि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणाको माग गरेको छ । मधेश सरकारले सङ्घीय सरकारसँग विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेको हो । प्रदेश सरकारले धान रोप्न नपाएपछि भोकमरी र महँगी बढ्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालले मनसुनी वायु सक्रिय भए पनि मधेशमा राम्रोसँग वर्षा हुन नसकेको र अहिले त्यहाँ वर्षाको सम्भावना अधिक भएको उल्लेख गर्नुभयो ।

शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.