• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

बिपी राजमार्ग : ढुङ्गा उत्खनन नरोकिए खतरा

  •   सोमबार, साउन १९, २०८२ मा प्रकाशित

राजधानीलाई बनेपा सिन्धुली हुँदै पूर्वी नेपालसँग जोड्ने बिपी राजमार्ग पुनर्निर्माणको प्रक्रियामा अगाडि बढेको छ ।

जापान सरकारबाट प्राप्त हुने २.६१ अर्ब रुपियाँको अनुदान र नेपाल सरकारको आठ अर्ब रुपियाँको लगानीमा पुनर्निर्माण हुने उक्त सडकको स्थायित्वका बारेमा भने विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

जापान सरकारले बनाइदिएको बिपी राजमार्ग सबैभन्दा दिगो राजमार्गका रूपमा परिचित थियो । क्रसर व्यवसायीले रोसीखोला क्षेत्रमा उत्खनन गरेर ढुङ्गाजन्य उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि उठ्न थाल्यो, जसको परिणाम गत वर्ष असोजमा आएको बाढीले सडक नै कहाँ थियो भनेर थाहै नपाउने गरी बगायो । खोलाको सतह माथि उठेकै कारण सानो पानी पर्दा पनि अहिले रोसीखोला राजमार्गको माथि भएर बग्ने अवस्था छ । अहिले पनि रोसीखोला क्षेत्रमा ११ वटा ढुङ्गाखानी र ११ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।

क्रसर उद्योग र ढुङ्गाखानीलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिने हो भने खोलाको सतह अझ माथि उठ्ने र ठुलो लगानीमा पुनर्निर्माण हुने राजमार्ग पुनः उच्च जोखिममा पर्नुका साथै यसको औचित्य नै नहुने भनेर विज्ञले सचेत गराएका छन् । खोलाको सतह बढेकै कारण गत वर्षको भन्दा कम पानी परेको अवस्थामा पनि बिपी राजमार्ग सहजै बग्न सक्ने उहाँहरूको दाबी छ । ‘रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाती’ भने झैँ क्रसर उद्योग र ढुङ्गाखानीको व्यवस्थापन गरेर मात्र राजमार्ग पुनर्निर्माण गर्न उहाँहरूको सुझाव छ ।

राजमार्ग निर्माणसँगै खानी र क्रसर उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उहाँले यस प्रकारका उद्योग, व्यवसायहरू नियम अनुसार सञ्चालन हुनुपर्ने, उत्सर्जन भएका गेग्य्रानको सुरक्षित विसर्जन गर्नुपर्ने बताउनुभयो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्याल गत वर्षको बाढीपहिरोले पु¥याएको क्षतिको अध्ययन गरी सोका आधार डिजाइन गरेर बिपी राजमार्गको पुनर्निर्माण गरिने भएकाले अब निर्माण हुने संरचनामा विगतको जस्तै क्षति पुग्न नसक्ने दाबी गर्नुहुन्छ । गत वर्षको बाढीले राजमार्गको माथिभन्दा पनि भित्तालाई कटान गरेको बताउँदै उहाँले खोला राजमार्गको माथिबाट बगेको ठाउँमा विशेष उच्च पुल (भायडक प्रविधि) को डिजाइन गरेर राजमार्ग निर्माण गरिने उल्लेख गर्नुभयो ।

ठेक्का सम्झौता

सडक विभागका अनुसार गत वर्ष बाढीले क्षतिग्रस्त बनाएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । यसमध्ये २५ किलोमिटरको निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । भकुन्डेबेँसीदेखि चार सयबेँसीसम्मको निर्माणका लागि एक अर्ब १४ करोड रुपियाँको लागतमा ठेक्का लागिसकेको छ ।

यस खण्डको दुरी ११ किलोमिटर छ । त्यसै गरी चार सयबेँसीदेखि डालाबेँसीसम्मको निर्माणका लागि एक अर्ब ४२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको लम्बाइ ८.५ किलोमिटर छ ।

त्यसै गरी सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक खण्डको निर्माणका लागि ६१ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डको लम्बाइ चार किलोमिटर छ । निर्माणका लागि सम्झौता हुन बाँकी रहेकामध्ये पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किलोमिटर राजमार्ग खण्डको निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा हुन लागेको हो । यसै खण्डको निर्माणका लागि जापानले अनुदान सहयोग दिएको हो ।

सोमबार, साउन १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.