• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

समृद्ध नेपाल तथा सुखी नेपालीको अभियान पुरा गर्न सुशासन जरुरी : प्रधानमन्त्री ओली

  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

जनकपुरधाम । प्रधानमन्त्री के पी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि सुशासन पहिलो शर्त भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेश सरकारको आर्थिक लगानीमा निर्माण भएको मधेश प्रदेश प्रहरीको नव निर्मित प्रशासनिक भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा अपराध नियन्त्रणको क्षेत्रमा नेपाल प्रहरीको भूमिका महत्व पूर्ण भएको बताउँदै सीमा क्षेत्रबाट हुने सबै प्रकारको अवैध क्रियाकलापमा कडाइका साथ प्रस्तुत हुनका लागि सबै तहका प्रहरीलाई निर्देशन दिनु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको यात्रामा लानका लागि शान्ति सुरक्षा महत्वपूर्ण शर्त भएको बताउँदै शान्ति सुरक्षा, सुशासन, लागु पदार्थको नियन्त्रण घटनामा निष्पक्ष रुपमा काम गर्नका लागि पनि निर्देशन दिनु भयो ।

उहाँले मधेशमा निर्दोषलाई फसाउने तथा दोषी जोगाउने जस्ता गुनासाहरू आउने गरेको बताउँदै यस्तो काम नगर्नका लागि सबै दर्जाका प्रहरीहरूलाई निर्देशन दिँदै मुलुकको राजश्व वृद्धिका लागि सीमाबाट हुने तस्करी नियन्त्रणमा कडाई गर्नका लागि निर्देशन दिनु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकले समुन्नत तथा सक्षम प्रहरी बनाउन चाहेको तर यथा स्थिति वादीले मुलुकलाई प्रतिगमन तर्फ लान चाहेको बताउँदै पछिल्लो परिवर्तनपछि नेपाल प्रहरी सशस्त्र तथा नेपाली सेनाको क्षमता विकासका लागि ठूला–ठूला संरचनाहरूको निर्माण भएको बताउनु भयो ।

उहाँले नेपाल बनाउने अभियानमा ठूलो बलिदान तथा सङ्घर्ष गरेका दुई ठूला दलको सरकारले आफ्नो गतिमा मुलुकको समृद्धिको यात्रालाई बढाएकाले नयाँ तथा पुराना शक्तिलाई नपचेको बताउँदै अव यथा स्थितिमा मुलुक रहनै नसक्ने बताउनु भयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संविधानको भावना तथा मधेश प्रदेश सरकारको मौजुदा गतिलाई अझ बढी प्रभावकारी बनाउनका लागि प्रहरी समायोजन शीघ्र रुपमा गरिदिनका लागि संघ सरकार तथा प्रधानमन्त्रीसँग आग्रह गर्नु भयो ।

उहाँले मधेश प्रदेशलाई संघीय सरकारले सङ्कटग्रस्त प्रदेश घोषणा गरेकोमा धन्यवाद दिँदै अव चुरे तथा भावर क्षेत्रमा पानी सञ्चयको कार्यक्रम बढाई  सुनकोशी मरिन तथा सुनकोशी कमला डाईभर्सको निर्माणमा गति दिन सकेको खण्डमा मधेश प्रदेशले वर्षको तीन बाली दिने बताउनु भयो

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प पुरा गर्नका लागि शान्ति सुरक्षा, सुशासन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रियतापूर्वक लागे र अझै कडाइका साथ लागी रहने प्रतिबद्धता प्रकट गर्नु भयो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले प्रदेश सरकारको करिब २३ करोडको लागमा निर्माण भएको मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको निर्माणले प्रहरीको कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । यस अघि मधेश प्रदेश प्रहरीको तर्फबाट प्रधानमन्त्रीको सम्मानमा प्रहरीले सम्मान गाहस्थ अर्पणका साथै सलामी अर्पण गरेका थिए ।

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.