काठमाडौं , भाद्र ११
रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रुबी साहको हत्या बाध्यतावश गरेको पासवान आफैँले बनाएको भिडियोमा बोलेका छन् । आफ्नो जिउमा आगो लगाउनु केहि बेर अघि तयार गरिएको उक्त भिडियो सामाजिक सन्जालमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार रुबी साहको हत्यारा लक्षमण पासवान नै रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको पुष्टि गर्नुभएको छ ।
रुबिको हत्या गरेर हत्याराले सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राति फेला पारेको थियो ।


