• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

खोलामा डुबेर चार किशोरको मृत्यु

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया नदीमा बिहीबार डुबेर धनगढीका चार किशोरको ज्यान गएपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी शोकमा डुबेको छ ।

कक्षा ११ मा अध्ययनरत सहपाठीसँगै खुटिया नदीमा अस्ताएपछि धनगढी शोकमा डुबेको हो । गहिरो नभएको भागबाट नदीको पारि गएका उनीहरु बालुवामा खेल्दै सुख्खा खाना खाएर पारि फर्कने क्रममा गहिरो भागमा डुबेको बताइएको छ ।

डुबेर धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका जुम्ल्याहा दाजुभाइ १७ वर्षीय जेफ भण्डारी, याबेस भण्डारी, धनगढी उपमहानगरपालिका–५ तारानगरका १७ वर्षीय सक्षम जोशी र जाईका १५ वर्षीय प्रतीक चौधरीको ज्यान गएको छ । मृत्यु भएका जुम्ल्याहा भण्डारी दाजुभाइ धनगढीको एफजिटी चर्चका पाष्टर जोयल भण्डारीका सन्तान हुन् । यसैगरी, मृतक प्रतीक महिमा मण्डली धनगढीका अगुवा (एल्डर) बिन्तीराम चौधरीको छोरा रहेका जनाइएको छ ।

जेफ, प्रतीक र सक्षम धनगढीकै वाल्मिकी इन्टरनेशनल स्कुल कक्षा ११ मा अध्ययनरत थिए । यसैगरी, याबेस भने ग्यालेक्सी माध्यमिक विद्यालय कक्षा ११ व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ । किशोर विद्यार्थीको अल्पायुमै निधन भएपछि दुवै विद्यालय परिवार शोकाकुल बनेको छ । विद्यार्थीको मृत्यु भएपछि शोकमा दुवै विद्यालयले आज विद्यालय पठनपाठन बन्द गरेका छन् । यसैगरी, आफ्ना सदस्य गुमेपछि एफजिटी चर्च र महिमा मण्डली परिवार पनि शोकमा डुबेका जनाइएको छ ।

चार जना विद्यार्थीको दुःखद निधन भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, विभिन्न प्रदेश सभा सदस्य, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायत विभिन्न विद्यालयले दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

प्रहरीका अनुसार सात जना साथीहरु मोटरसाइकल, स्कुटी लिएर खुटिया पुगेका थिए । उनीहरुमध्ये कसैको पनि जन्मदिन नरहेको जनाइएको छ । वारि कपडा, मोबाइल राखेर गहिरो नभएको भागबाट पारि गएका उनीहरु बालुवामा खेल्दै चाउचाउलगायतका सुख्खा खाना खाएर फर्कने क्रममा घटना भएको बताइएको छ ।

पारि गएको बाटोबाटै वारि नफर्की अर्को बाटोबाट पुनः वारि आउन खोज्दा चार जना गहिरो भागमा डुबेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताउनुभयो । “उनीहरु सातै जना एक अर्काको हात समातेर नदी तर्दै थिए । त्यो ठाउँमा गहिरो भएको भेउ पाउन सकेनन्”, उहाँले भन्नुभयो,“अगाडिको मान्छे खपलक्कै गहिरोमा गएपछि एकले अर्कोलाई तान्दै चार जना डुबे । पाँचौं किशोरको हात छुटेकाले तीन जना जोगिए ।”

किशोरहरु डुबेको ठाउँमा करिब २० मिटर पानीको गहिराइ रहेको प्रहरीले जनाएको छ । मृतक किशोरहरुको आज अन्त्येष्टि गरिँदैछ ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.