• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

खानेपानीकै कारण हैजाको महामारी

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा (कोलेरा) को प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर, इनारमा ढलको पानी मिसावट भएर, पानीका पाइप फुट्न गई हैजाको भाइरस मिसिएर, भिब्रियो कोलेरा भएको तरकारी नपखाली खाँदा हैजा महामारीका रूपमा फैलने गरेको छ ।

गत वर्ष ललितपुरको पुनस्र्थापना केन्द्रमा हैजाले महामारीको रूप लिएको थियो । काठमाडौँमा पनि हैजाका कारण धेरै मानिस प्रभावित भएका थिए । बर्खाको पानी मिसावट भएर हैजा फैलिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू हुन नसक्ने बताउनुभयो । ढलको पानी पिउने, पानी नतताई पिउने, सागसब्जी नपखाली खाएका कारण हैजा पुष्टि भएको छ । डा. झाले बर्सेनि हैजाको प्रकोप बढ्नुमा कोलेरा जीवाणु भएको खानेपानी प्रमुख कारण भएको जानकारी दिनुभयो । भिब्रियो कोलेरा नामक जीवाणुबाट हैजा फैलिएको पनि उहाँले जानकारी गराउनुभयो । वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी यही भएको उहाँले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले हैजाबाट बच्न महासङ्घले जिल्ला जिल्लामा तालिम दिएको जानकारी गराउनुभयो । उहाँले शुद्ध खानेपानीका लागि खानेपानी मन्त्रालयको भूमिका महत्वपूर्ण हुने भन्दै वर्षाको समयमा जुनसुकै स्रोतबाट आएको पानी भए पनि उमालेर पिउनु पर्छ भन्ने सन्देश आमनागरिकमा पु¥याउन सक्नुपर्ने बताउनुभयो ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले हैजा नियन्त्रणमा केन्द्रीयदेखि स्थानीय तहसम्मको टोली पूर्ण रूपमा लागेको जानकारी दिनुभयो । उहाँले पुरानो पानी ट्याङ्कीमा हैजाको जीवाणु देखिएपछि त्यसलाई नष्ट गरेर नयाँ पानी हाल्ने काम पनि भइरहेको बताउनुभयो । उहाँका अनुसार पर्साबाहेकका जिल्लामा पनि हैजा देखापरेकाले ती जिल्लामा जनचेतना फैलाउने, खानेपानीमा पीयूष प्रयोग गर्ने, क्लोरिन राख्न निर्देशन दिने काम भइरहेको छ ।

स्वास्थ्यकर्मी परिचालनको निर्णय

यसैबिच बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा हैजा महामारी नियन्त्रण गर्नका लागि बैठक बसेको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभागका पदाधिकारीहरूको सहभागिता थियो । सचिव डा. देवकोटाका अनुसार वीरगन्जमा फैलिएको हैजा नियन्त्रणका लागि महामारी नियन्त्रणसम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने निर्णय भएको छ ।

“हामीसँग महामारी नियन्त्रणसम्बन्धी तालिम लिएका दुई सय जना स्वास्थ्यकर्मी छन् । उनीहरूलाई परिचालन गरेर हैजा नियन्त्रणमा लिने छाैँ,” सचिव डा. देवकोटाले भन्नुभयो । फिल्ड इपिडिमियोलोजी टे«निङ प्रोग्राम पाएका जनशक्तिको टिम बनाएर परिचालन गरिने भन्दै उहाँले पुरानो पानी नष्ट गर्ने र पीयूषको प्रयोग नगरपालिकामार्फत समन्वय गरेर गर्ने निर्णय भएको छ ।

बैठकले खानेपानीसम्बद्ध निकायसँग मिलेर पाइपको सर्भे गर्ने, पाइपको मर्मतसम्भार गर्ने निर्णय गरेको छ । हैजा फैलिएको स्थानमा औषधी, पीयूष, क्लोरिन र जनशक्तिको अभाव नभएको पनि स्वास्थ्य सचिव देवकोटाले बताउनुभयो । उहाँले सङ्घ, प्रदेश, स्थानीय तह र विश्व स्वास्थ्य सङ्गठनसमेतको पाँच जनाको समूह बनाएर महामारी क्षेत्रमा काम गर्ने तयारी भइरहेको बताउनुभयो ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.