• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

प्रधानमन्त्री ओली आज चीन जानुहुँदै

  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

काठमाडौँ, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुहुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गर्नुहुने भएको हो । उहाँले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने साङ्घाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुहुने जनाइएको छ ।

त्यस्तै सम्मेलनको भोलिपल्ट बेइजिङमा जनवादी गणतन्त्र चीनका उपराष्ट्रपति हान झेङसँग भेट गर्नुहुने कार्यक्रम छ । भ्रमणको अन्तिम दिन जापानी आक्रमणमा विजय हासिल गरेको

८० औं वर्षगाँठको स्मृति बेइजिङमा आयोजना हुने समारोहमा प्रधानमन्त्री ओलीले विशेष सहभागिता जनाउनुहुने छ । उहाँको साथमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यसहित भ्रमण दलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मालगायतका उच्चाधिकारी सहभागी रहनुहुने जनाइएको छ ।

विश्वका नेता एउटै मञ्चमा बेइजिङस्थित गोरखापत्र समाचारदाताका अनुसार चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गर्ने शिखर सम्मेलनमा एससिओका १० पूर्ण राष्ट्रसहित २० देशका राष्ट्रप्रमुख र सरकार प्रमुख तथा १० वटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुखको सहभागिता सुनिश्चित भएको छ । भदौ १४ र १५ गते तियानिजनमा हुने सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, कम्बोडियाका प्रधानमन्त्री हुन मनेत, टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगान, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलगायतलाई उपस्थितिका लागि निमन्त्रणा पठाइएको चीनका परराष्ट्र मन्त्रालयका उपमन्त्री लु विनले प्रेस सम्मेलनमार्फत जानकारी दिनुभयो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटर्रेस पनि सहभागी हुनुहुने छ ।

नेपाल सन् २०१६ मा एससिओमा संवाद साझेदारका रूपमा आबद्ध भएको थियो । सन् २००१ मा चीन, काजाकिस्तान, कीर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित सङ्घाई सहयोग सङ्गठनमा भारत, पाकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य रहेका छन् । युरेसियन राजनीतिक, आर्थिक र अन्तर्राष्ट्रिय सुरक्षा सङ्गठनका रूपमा स्थापना भएको एससिओमा नेपालसहित कतार, श्रीलङ्का, टर्की, कम्बोडिया, अजरबैजान, माल्दिभ्स, म्यान्मार, संयुक्त अरब इमिरेट्स, आर्मेनिया, इजिप्ट, साउदी अरब, बहराइन र कुबेत संवाद साझेदार तथा मङ्गोलिया र अफगानिस्तान पर्यवेक्षकका रूपमा रहेका छन् ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबिच शनिबार नै द्विपक्षीय भेटवार्ता हुने छ । प्रधानमन्त्री ओलीले भदौ १६ गते सम्मेलनमा अतिथिका रूपमा सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओली भदौ १८ गते बेइजिङस्थित तियानमिन स्क्वायरमा हुने जापानी उपनिवेशविरुद्ध चीनले विजय प्राप्त गरेको र विश्व फासिस्टविरोधी दिवसको ८० औँ वार्षिकोत्सवमा हुने स्मृति समारोह तथा सैनिक परेडमा सहभागी हुनुहुने छ । सो समारोहमा २६ देशका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुँदै छन् । जसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन, कम्बोडियाका राजा सिहामोनी, भियतनामका राष्ट्रपति, इन्डोनेसियाका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति, मलेसियाका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री, माल्दिभ्सका राष्ट्रपतिलगायत रहनुभएको छ ।

शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.