काठमाडौं , भाद्र २९
जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनु भयो ।
घटनामा १ हजार भन्दा बढी घाइते भएकोमा १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।
यस्तै बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिएको छ। प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन्।डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ। डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो।
२३ भदौमा जेनजीको आन्दोलन भएको थियो। जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।
तपाईको प्रतिक्रिया


