• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

अन्तरिक्षमा अड्कियो ‘मुनाल’

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित

काठमाडौँ, पुस ३० गते । नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनाल अन्तरिक्षमा अड्किएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल र छिमेकी मुलुक भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको नानो स्याटेलाइट मुनाल अन्तरिक्षको सही अर्बिटमा नपुगी मोडिएर अड्किएको हो ।

भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान करिब १०ः३० बजे मुनाल भूउपग्रह प्रक्षेपण भएको थियो ।

काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीले उक्त भूउपग्रह निर्माण गरेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भए पनि प्रक्षेपणको समय बल्ल मिलेको नास्टका सदस्यसचिव रवीन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रक्षेपण भएर अन्तरिक्षको ४६० किलोमिटरमाथिसम्म पुग्यो तर प्राविधिक समस्या आएर जहाँ जानुपर्ने थियो, त्यता नगई डाइभर्ट भएर अन्तै मोडियो ।” पाँच वर्षअघि प्रक्षेपण भएको नेपालको पहिलो भूउपग्रह नेपाली स्याट वान नामक भूउपग्रह अन्तरिक्षको ४०० किलोमिटरमाथि पुगेर सफल भएको थियो ।

ढकालका अनुसार अन्तरिक्षमा बेपत्ता भएको मुनाल भूउपग्रह भेटिए पनि आफ्नो कक्षमा फर्काउन सकिने अवस्था छैन । विद्यार्थीको मेहनत र नेपाल सरकारको प्रतीक्षामा तत्काल रोक लागेको छ, नेपालसहित अन्य भूउपग्रह पनि प्रक्षेपण रकेटमा थिए । अन्तरिक्षमै नपुगी असफल हुनुभन्दा अन्तरिक्षसम्म पुगेकोमा पनि सन्तोष मान्नुपर्ने ढकालले बताउनुभयो ।

प्रक्षेपणका लागि नास्टका उपकुलपति डा. दिलीप सुब्बा, सदस्यसचिव डा. रवीन्द्र ढकाल र भूउपग्रह निर्माणका लागि सहयोग गरिरहेका इन्जिनियर हरिराम श्रेष्ठ भारत पुग्नुभएको थियो । सदस्यसचिव ढकालले ‘मुनाल टु’ निर्माण र प्रक्षेपणको तयारी फर्केलगत्तै थालिने जानकारी दिनुभयो ।

सो भूउपग्रहले वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण र कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्याङ्क विश्लेषण तथा प्रशोधनमा सघाउने अपेक्षा गरिएको थियो ।

उक्त भूउपग्रह करिब १.३ केजी तौलको रहेको थियो ।

मुनालको असफलतापछि अब परिमार्जनसहित ‘मुनाल टु’ भूउपग्रह निर्माण गर्ने जिम्मेवारी नास्टले लिएको छ । ‘मुनाल टु’ निर्माण तथा प्रक्षेपणका लागि आवश्यक सहयोग गर्ने भारतका वैज्ञानिकले जनाएको ढकालले जानकारी दिनुभयो ।

नास्टले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको गौरवका रूपमा नेपालभित्रै मुनाल भूउपग्रह निर्माण गरिएको भूउपग्रह रहेको जनाएको छ । अन्तरिक्षको प्रक्षेपणको पारम्भिक चरण सफल भए पनि रकेटको तेस्रो चरणको सञ्चालनमा समस्या आउँदा उडान विचलित हुँदै अन्यत्र मोडिएको जनाइएको छ ।

बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.