• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

जलवायु परिवर्तनको गम्भीर असरबाट नेपाल प्रभावित: अध्यक्ष दाहाल

  •   शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित

 

 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनको गम्भीर असरबाट नेपाल प्रभावित भएको बताउनुभयो ।

असंलग्न आन्दोलन संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा मन्तव्य राख्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनले निम्तिने सङ्कटबिच सांसदको भूमिका अझै महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले सांसदले विधायिका, निगरानीकर्ता र जनप्रतिनिधिको गरी त्रिआयामिक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । हिमाली वातावरणीय र मौसम प्रणाली जलवायु परिवर्तनको असर प्रत्यक्ष मारमा परेको र यसले विनाशकारी बाढीपहिरो तथा कृषि क्षेत्रमा समेत गम्भीर अवरोध उत्पन्न गरेको जानकारी साझा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

टर्कीको इस्तानबुलमा भइरहेको सम्मेलनमा अध्यक्ष दाहालले प्रभावकारी कार्यान्वयनबिना विधायिका निर्मित कानुनको कुनै अर्थ नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निगरानीकर्ताको भूमिकाको प्रभावकारी उपयोगमार्फत संसद्ले कार्यपालिकालाई जवाफदेही बनाउनु पर्छ ताकि यसले राष्ट्रिय जलवायु अनुकूलनका योजना सहरकेन्द्रित ठोस कार्यक्रममा परिणत हुन सकून् ।”

अध्यक्ष दाहालले संसदीय समितिले सार्वजनिक सुनुवाइ गर्ने, पूर्वाधार परियोजनाको जलवायु प्रभावको मूल्याङ्कन गर्ने तथा अनुकूलनशील क्षमता अभिवृद्धिका लागि विनियोजित सार्वजनिक कोषको पारदर्शिता सुनिश्चित गर्ने भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सबैभन्दा जोखिममा रहेका समुदायको आवाजलाई सशक्त बनाउँदै विकास कार्यमा अनुकूलनशीलताको अभिवृद्धिका प्रयासलाई समावेशी र न्यायोचित बनाउनु संसद्को प्रमुख दायित्व रहेको उहाँको भनाइ थियो ।

सम्मेलनमा अध्यक्ष दाहालले विश्वव्यापी चुनौतीको समाधान गर्न सामूहिक अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता औँल्याउनुभयो । सम्मेलन पाँच दिनसम्म चल्ने छ । सम्मेलनमा राष्ट्रिय सभाका सदस्यहरू डा. अञ्जान शाक्य र कृष्णबहादुर रोकायसमेत सहभागी हुनुहुन्छ ।

शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.