• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित

गण्डकी, असार ८ गते । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ ।

सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ ।

पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताउनुभयो ।

“पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारमा यो महत्त्वपूर्ण उपलब्धि हो, यसले सिङ्गो गण्डकी प्रदेश र मुलुकलाई नै प्रत्यक्ष लाभ पुग्छ”, उहाँले भन्नुभयो, “पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिन्छ, यात्राअवधि छोटिँदा खर्च पनि घट्छ ।”

पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताउनुभयो ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ ।

विश्वकै व्यस्त र महत्त्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तरराष्ट्रिय क्षेत्रमा पोखराको सिधा हवाई पहुँच पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबिच रणनीतिक कोडसेयर साझेदारी अन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुने छ । पोखरादेखि अस्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरूमा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने प्रमुख आचार्यले बताउनुभयो ।

इमिरेट्स एयरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका छ वटा महादेशका ७६ देशमा रहेका १४३ भन्दाबढी देशहरूमा जोड्दै आएको उहाँको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निरौलाले एयरलाइन्सहरूबिच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने बताउनुभयो ।

“पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरू एउटै टिकटबाट यात्रा गर्न सक्छन्, लगेज आफैँ सार्नुपर्ने झण्झट पनि हुँदैन”, उहाँले भन्नुभयो, “दुबईसम्म एउटा विमानले यात्रु बोक्छ,  त्यहाँ ट्रान्जिटपछि अर्को विमानले गन्तव्यमा पुर्‍याउँछ ।”

पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । त्यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो ।

सरकारले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

विमानस्थलका महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा सुरु गर्न एयर अरेबियाले चासो देखाएको बताउनुभयो । “पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनको दिगोपनाका लागि निजी क्षेत्रलगायत सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो, “पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुँदा मुलुकको पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा पुग्छ, सर्वसाधारण यात्रुहरूले सहज सुविधा पाउँछन् ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रहेको छ । काठमाडौँ केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ ।

दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुँदा मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरूसँग पोखराको पहुँच पुग्ने जनाइएको छ ।

झण्डै २२ अर्ब ऋणमा बनेको यस विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन गरिएको थियो ।

स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठुलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आसमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा छन् ।

पोखरा–दुबई सिधा उडानले पोखरा र सिङ्ग्रो गण्डकी प्रदेशको आर्थिक समृद्धिको ढोका खुल्ने उद्योग वाणिज्य महासङ्घ, गण्डकीका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

“गण्डकी प्रदेशबाट मध्यूपूर्वका देशदेखि युरोप, अमेरिकासम्म रोजगार र अध्ययनका लागि जानेको सङ्ख्या ठुलो छ”, उहाँले भन्नुभयो, “पोखरा–दुबई उडानले ती यात्रुलाई घर आउन सहज र कम खर्चिलो बन्ने छ, पोखरालगायत आसपासका गन्तव्यमा आउने पर्यटक अब सिधै पोखरा आउन पाउँछन् ।”

सोमबार, असार ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.