• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ९. ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • १०. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

यौन अपराधको निसानामा बालिका

  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ ९ गते । दस वर्षभन्दा कम उमेरका साना बालिका जबरजस्ती करणीको निसानामा पर्न थालेको देखिएको छ । पछिल्लो उदाहरण बाराकी तीन वर्षीय दुधे बालिकाको जबरजस्ती करणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ २ गते फेला परेको घटना हो ।

बालिकालाई जबरजस्ती करणी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालिकाको शव झन्डै गल्न लागेको अवस्थामा फेला परेको थियो, त्यसपछि अहिलेसम्म नौ जना उक्त घटनाको आरोपमा पक्राउ परेका छन्, हामी अनुसन्धानमै छौँ ।” एकपछि अर्को गर्र्दै नौ जना पक्राउ परेका हुन् ।

सरकारसँग बालिकाका परिवारले कानुनमा रहेको सजायको व्यवस्थालाई कडा बनाउन माग गरेको छ । जस अनुसार कानुनमा विद्यमान कसुर र सजायसम्बन्धी व्यवस्थाको पुनरवलोकन गर्दै सरकारले कानुन बनाउन सुझावसहितको प्रतिवेदन तयार गर्दै छ । जसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय न्याय सङ्कल्प समिति गठन गर्दै काम अघि बढाएको छ ।

जबरजस्ती करणीको शृङ्खला

साना बालिकाको जबरजस्ती करणीपछि हत्या भएको यो पहिलो पटक भने होइन । गत आर्थिक वर्षमा पनि यसै गरी बालिकासहित चार जनाको जबरजस्ती करणीपछि हत्या भएको थियो । नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्य अनुसार गत वर्ष १० वर्ष उमेरमुनिका एक बालिका, १० देखि १४ वर्ष उमेर समूहका दुई बालिका र १९ देखि २५ वर्ष उमेर समूहका एक युवतीको जबरजस्ती करणीपछि हत्या भएको थियो । अघिल्लो आव २०८१/८२ मा १० वर्ष उमेरमुनिका दुई जनासहित पाँच जनाको जबरजस्ती करणीपछि हत्या भएको थियो । जसमा ११ देखि १४ वर्ष उमेर समूहका दुई जना र त्यसमाथिका एक युवतीको करणीपछि हत्या भएको प्रहरीको तथ्य छ ।

साना बालिकामाथि जबरजस्ती करणीका घटनाको आँकडा बढ्दै गएको तथ्यले देखाउँछ । गत असारमै पाँच बालिकामाथि जबरजस्ती करणी भएको मुद्दा दर्ता भएको छ । जसमा दुई जना ११ वर्ष, दुई जना १३ वर्ष र एक जना १५ वर्षकी बालिका जबरजस्ती करणीमा परेका थिए । विगत पाँच वर्षको आँकडा केलाउँदा बालिका, युवती र प्रौढ महिलासहित २१ हजार ५०२ जनामाथि जबरजस्ती करणीलगायत लैङ्गिक हिंसाका घटना भएका छन् ।

जबरजस्ती करणीको ग्राफले साना बालिका पीडकको बढी निसानामा पर्न थालेको औँल्याउँछ । २०७७ देखि २०८१ सालसम्मको आँकडा हेर्दा हरेक वर्ष जसो साना बालबालिका पीडकको आव्रmमणमा परेको देखिन्छ । जस अनुसार २०८१ सालमा ३७६ बालिका निसानामा परेका थिए । अघिल्लो वर्ष २०८० सालमा ३५१, २०७९ सालमा ३७५, २०७८ सालमा ४२२ र २०७७ सालमा ४६४ जना १० वर्षमुनिका बालिका जबरजस्ती करणीको सिकार बनेका थिए । त्यसभन्दा अघिका तीन वर्षको एकमुस्ट आँकडाले एक हजार २७० जना १० वर्षमुनिका बालिका जबरजस्ती करणीको सिकार बनेको औँल्याउँछ । उक्त तीन वर्षमा ११ जना १६ वर्षमुनिका बालिकाको करणीपछि हत्या भएको थियो ।

कारण कानुनी अज्ञानता 

यसरी बारम्बार साना बालिका जबरजस्ती करणीकर्ताको निसानामा पर्नुमा कानुनको अज्ञानता र डिजिटल दुनियाँको दुष्प्रभाव कारक रहेको टिप्पणी विज्ञहरू गर्छन् ।

दुधे बालिकामाथि करणीको गिद्धे नजर गढ्नु भनेको समाजमा असंवेदनशीलता र दण्डहीनता बढेको सङ्केत भएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “समुदाय, परिवार, सरकार हामी सबै जवाफदेही हुन सकेनौँ भन्ने पछिल्लो उदाहरण बाराकी तीन वर्षीय बालिकाको जबरजस्ती करणी र हत्या हो ।”

जबरजस्ती करणीलाई सामान्य घटनाका रूपमा लिने कानुनी प्रवृत्तिले पनि पीडकको मनोबल बढ्दै गएको हुन सक्ने अनुमान उहाँ लगाउनुहुन्छ । त्यसमाथि आधुनिक डिजिटल दुनियाँमा कुन उमेर समूहले के हेर्ने र नहेर्ने भन्ने नियमनमा आएको कठिनाइ अर्को कारक रहेको दाबी उहाँ गर्नुहुन्छ ।

वरिष्ठ अधिवक्ता फूलमाया रानाभाट भने ‘कानुनको अज्ञानता क्षम्य हुन्न’ भन्ने प्राथमिक सिद्धान्तको ज्ञान नागरिकमाझ नपुग्नुले साना बालिकामा करणीका घटना बढेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “त्यसका लागि जिम्मेवार सबै निकायको बेवास्ताले हरेक घरमा पछिल्लो समय छोरी जोगाउन गाह्रो भइरहेको छ ।” कानुनले के भनेको छ, के गर्न हुन्छ र के गर्न हुन्न भन्ने कुराको संस्कार हस्तान्तरण समाजमा हुन नसकेको रानाभाटको भनाइ छ । उहाँले थप्नुभयो, “पहिले विद्यालयमा नैतिक शिक्षा पढाइन्थ्यो, अहिले छैन, आमाबुवा र छोराछोरी सबै मोबाइलमा व्यस्त भए, सिकाउने निकायको ध्यान पुगेकै छैन ।”

समाजलाई सही मार्गमा डो-याउन नेपालको संविधान, फौजदारी र देवानी कानुनले भनेका कुरा जिल्लास्थित बार एसोसिएसनमार्फत कानुन मन्त्रालयले घर घरमा पु-याउने वातावरण मिलाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।चाँदनी हमाल

 

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत,

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.