काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ। सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ। गीतको सङ्गीत संयोजन किरण कँडेलले गरेका छन्।
कल्याणी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘पाँच पाण्डव’को निर्देशन वसन्त निरौलाले गरेका हुन्। चलचित्रकी निर्माता कल्याणी श्रेष्ठ हुन् भने सुशील पौडेलले लेखन गरेका छन्। विजय बस्याल सहनिर्माता र सङ्गीता तिवारी कार्यकारी निर्माता छन्।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, एभा गिरी, सरिता गिरी, प्रशान्त ताम्राकार, विनोद न्यौपाने, निरज पन्थी, सुजन चापागाईं, सुभाष खत्री, सीता न्यौपाने, अंशु महर्जन, रमा थपलिया, रोहित रुम्बा, रितेशजंग खत्री र जंग मगरलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा बालकलाकार अनुष्का ढुंगाना र एभा फुयाल पनि देखिनेछन्।
चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत तथा सत्य–स्वरूप र एलिना चौहानको स्वर रहेको छ। नृत्य निर्देशन गम्भीर विष्ट र विक्रम स्वारले गरेका छन्। श्याम तामाङले छायाङ्कन, सुप्रिम पराजुलीले सम्पादन तथा कलर र सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन्।
नवीन श्रेष्ठको प्रस्तुतिसम्बन्धी विवरणमा उल्लेख गरिएको ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि सिनेमाघरमा प्रदर्शन हुने जनाइएको छ। चलचित्रको नेपाल वितरण आरआर फिल्म प्रोडक्सनले गर्नेछ।


