• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • १०. चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

पूर्वसूचनाले जोगियो धेरै जीवन

  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित

विदुर (नुवाकोट), भदौ १३ गते । “माइकिङ गर्दागर्दै त्रिशूली र ढुङ्गेबजार जोड्ने दुई वटा पुल बगायो । केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौँ,” सशस्त्र प्रहरी १ नं. गुल्म, ढुङ्गेबजार विदुर–१ का प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, “थोरै मिनेटको पूर्वसतर्कताले वडा नं १ र ४ का सयौँ जनाले ज्यान जोगाउन पाए ।”

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट ८:५५ मिनेटमा प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढीबारे सूचना प्राप्त भयो । उहाँले भन्नुभयो, “प्राधिकरणले तत्कालै सूचना जारी गर्‍यो । जिल्ला आपात्कालीन कार्यसञ्चालन केन्द्रलाई बाढीबारे जानकारी गराउँदै सचेत गरायो । तटीय क्षेत्रका वासीलाई सतर्क रहन भनियो ।”

तर सूचना तल्लो तहसम्म पुग्दा बाढी बेत्रावतीनजिक पुगिसकेको थियो । विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले सूचना पाउँदापाउँदै विदुर–७ को सोलेबजार र १० को बेत्रावती तथा भैँसेबजार पुगिसकेको बताउनुभयो । भोटेकोशी बाढीबाट विदुर नगरपालिकाको ७, १०, ९, १, ४ र वडा नं ५ गरी छ वटा वडा नराम्ररी प्रभावित भएका छन् । विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसङ्ख्या करिब पाँच हजार छन् ।

“करिब तीन सय जना बेपत्ता छन् । अधिकांश वडा नं. १० को बेत्रावती र भैँसेबजार तथा ७ को सोलेबजारका छन्,” उहाँले भन्नुभयो, “तल्लो क्षेत्रमा वडा नं. ९ को सिल ट्याङ्की, वडा नं. १ को त्रिशूली र ढुङ्गेबजार, वडा नं ४ को सिमचौर र ५ को देवीघाटका अधिकांश घर बस्ती खाली गराइँदा ठुलो मानवीय क्षति टर्‍यो ।”

सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासनसमक्ष सूचना दर्ता भएको छ । नुवाकोटको विदुर–५ स्थित जिल्ला आयुर्वेद अस्पतालमा उद्धार गरी ल्याइएका लुमडीप्रसाद नेपालले पाकेको भात खान छोडेर आएको बताउनुभयो । “खाना खान बस्दा बग्ने रहेछु महसुस गर्दा अझै शरीर जिरिङ्ग हुन्छ,” ७५ वर्षीय नेपालले भन्नुभयो, “यो तहमा बाढी आउने र यसप्रकारको क्षति गर्ने कल्पना गरेको थिइनँ ।”

रसुवामा भने सूचनासँगै बाढी आउँदा स्याफ्रुबेँसी, धुन्चे र टिमुरे क्षेत्रमा अत्यधिक मानवीय क्षति भएको आकलन गरिएको छ । सयौँ बेपत्ता छन् । उद्धार कार्य जारी छ । बाढी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्वसतर्कताका लागि केही समय पाइएको थियो । यसकारण धादिङमा हालसम्म मानवीय क्षति दर्ता भएको छैन ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले गजुरी र गल्छी बढी तथा नीलकण्ठ र सिद्धलेक पालिका कम प्रभावित पालिका रहेको बताउनुभयो । छोटो अवधिको पूर्वसतर्कताले ठुलो मानवीय क्षति हुनबाट जोगियो, उहाँले बताउनुभयो । “नेपाली सेनाबाट करिब ९ बजे सूचना पायौँ । पूर्वसतर्कता र बस्ती खाली गराउन सुरक्षा संयन्त्रलाई पूर्ण क्षमताले परिचालन गर्दा मानवीय क्षति अहिलेसम्म जानकारीमा आएको छैन,” उहाँले भन्नुभयो, “करिब १५० घरधुरी डुबानमा परेका छन् तर बाढी पस्नुअघि नै घर खाली गराइयो ।”

धादिङबाट गोसाइँकुण्डलगायत रसुवा र नुवाकोटमा रहेका करिब १२७ जना भने सम्पर्कमा छैनन् । भौगर्भिक इन्जिनियरसमेत रहेका त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त प्राध्यापक डाक्टर तारानिधि भट्टराईले छोटो अवधिको ‘इभाकुएसन प्लानिङ’ ले अझै ठुलो मानवीय क्षति हुनबाट जोगियो ।

बाढीको बहाब नदीमा मात्रै सीमित नरही करिब सात सय मिटर वरिपरिसम्म फैलिएको देखिन्छ । सो दायरामा आएका घर, बस्ती र व्यक्ति बाढीको भेलसँगै बगेका छन् । प्राध्यापक तिवारी भन्नुहुन्छ, “मानवीय क्षति कम हुनु राम्रो हो तर राज्यलाई ठुलो बोझ आयो । पूूर्वसतर्कता मात्रै होइन, पूर्वसूचना प्रणालीमा साझेदारी र प्रभावकारी तथा बसोबास मापदण्ड परिमार्जन गर्नु पर्छ ।”पुर्खाको नदी किनारमा खेतबारी लगाउनु र डाँडाको टुप्पामा बस्ने संस्कृतिलाई अझै बुझ्न ढिलाइ गर्न नहुने प्राध्यापक तिवारी बताउनुहुन्छ ।

शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.