• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

कृष्णभिर सडक तत्काल मर्मतको अवस्था छैन, खोजिँदै वैकल्पिक सडक

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

चितवन ,भदौ १५
पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ।त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसँगै वैकल्पिक मार्गको खोजी थालिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर रुपमा छ।

सडकको झण्डै १०० मिटर भाग भासिएको र चिरिएको छ। यससँगै पैदलयात्रा समेत रोकिएको छ। तत्काल सडक बनाउन सक्ने अवस्था छैन। विज्ञहरूले वैकल्पिक अध्ययन थालेको उनले बताए।

पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले सडक तत्काल बनाउन सक्ने अवस्था नभएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताइन्।

त्रिशूलीले कटानका कारण सडकको भित्तोसमेत चर्किएको छ। नदीले सडकको फेद कटान गरिरहेको उनको भनाइ छ। ‘खोलाले कटान गरिरहेको छ। कति झर्छ एकीन भन्न सकिने अवस्था छैन,’ उनले भनिन्।

सडकको भित्तो माथिको डाँडाको अवस्था हेर्ने काम भइरहेको बताउँदै उनले विषय विज्ञले विस्तृत अध्ययन गरेर कसरी काम गर्ने भन्ने टुङ्गो लाग्ने बताइन्।

माथि डाँडामा बस्तीसमेत रहेको भन्दै उनले भित्तो काट्न पनि सम्भव नभएको बताउँदै भनिन्, ‘भित्तो काट्न मिल्दैन। माथितिर बस्ती छ। अहिले हामी तत्काल चलाउन सक्दैनौँ।’

सडक तत्काल बनाउन नसकिने भएपछि धादिङको बेनीघाट–आरूघाट–गोरखा, गल्छी–धादिङको सुनौलो बजार–धादिङबेशी–सल्यानटार–गोरखा हुँदै आउने सहितका अन्य सडकको अध्ययन भइरहेको उनले बताइन्।

पृथ्वी राजमार्गबाट पारी तरेर त्यहाँको राम्रो बाटो प्रयोग गरी गन्तव्यतर्फ जान सकिने बाटोको खोजी भइरहेको हो। तत्काल मर्मत सम्भार गरेर चलाउन सकिने सडकलाई खोजी गरी तत्काल सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ।

पूर्वबाट आएका सवारीसाधन मकवानपुरका बाटो प्रयोग गर्न सक्ने छन् भने पश्चिम र पोखरातर्फका सवारीसाधनलाई गोरखा तिरबाट वैकल्पिक बाटो खोजी गरिएको हो। यो सडक राजधानीका लागि लाइफ लाइन सडक हो। राजधानीमा ग्यासका बुलेट लगायतका ठूला गाडीसमेत लैजानुपर्ने हुन्छ।

यस सडकमा दैनिक १४ हजार हाराहारी सवारी गुड्ने गर्दछन्। केही वर्ष अघिसम्म निकै दुःख दिएको कृष्णभीरको मर्मत सम्भार र पहिरो रोकथामका काम गरेपछि पछिल्ला वर्षहरूमा समस्या भएको थिएन।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • २.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ३.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ४.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ५.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ६.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ७.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ८.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.